रोटरी क्लब मणिग्रामद्धारा मायादेबी गाउँपालिकालाई ५ थान पिपीई

स्वास्थ्यसमाचार  /रुपन्देहीको मायादेबी गाउँपालिकामा प्रयोजनार्थ रोटरी क्लब अफ मणिग्रामले ५ थान पिपिई सेट (व्यक्तीगत सुरक्षा उपकरण) प्रदान गरेको छ ।क्लबका अध्यक्ष अच्युत पन्तले गाउँपालिका अध्यक्ष धु्रब नारायण चौधरीलाई उक्त पिपिई सेट हस्तान्तरण गरे ।

पिपिई सेट बुझदै गाउँपालिका अध्यक्ष चौधरीले अहिले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मि एबं प्राबिधिकहरुका लागी कार्यक्षेत्रमा रहदा अति आबश्यक रहेको भन्दै सहयोगका लागी धन्यबाद प्रकट गरे ।

सो अबसरमा गाउँपालिका अध्यक्ष बिष्णु ढुंगाना, स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेय, रोटरी क्लब अप मणिग्रामका पुर्ब अध्यक्ष कुलमणी ज्ञवाली लगायतको उपस्थित थियो ।

मायादेबी गाउँपालिकाले , वडा नम्बर ८ रुपन्देही शैक्षिक तालिम केन्द्र मा क्वारेन्टाईन सञ्चालन गरेको छ । सो क्वारेन्टाईनमा स्वास्थ्यकर्मि समेत रहेको र अहिले उनिहरुको स्वाब परिक्षण समेत हुने भएकाले पिपिई सेट अति आबश्यक रहेको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।

करेनटाईनमा रहेका ४३ जनाको स्वाव जाच गरिएकोमा सबैको नेगेटिभ आएको १७ जनालाई घरपठाईएको ४ जना टाढाको भएको हुदा भोली पठाईने बताए । त्यस्तै २२ भारतीय र एक नेपाली मध्ये २२ भारतीयको रिपोट नेगेटिभ आएपनि सिमा नाका बन्द रहेकोले पठाउन नसकिएको र एक पाकिसतानी पनि नेपालीले सेनालाई जिम्मा लगाएको बताए ।

सम्बन्धित शिर्षक :