र्‍यापिड टेस्ट विश्‍वसनीय भएन, यसलाई रोक्नू :कांग्रेस

स्वास्थ्यकर्मिलाई सुरक्षा समाग्री पर्याप्त भएन

स्वास्थ्यसमाचार/ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र्‍यापिड टेस्टको विश्‍वासनीयतमा प्रश्‍न उठाउँदै रोक्न माग गरेको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाको आयोजनामा पार्टी पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञबीच भएको बैठकपछि यस्तो माग गरिएको हो।

कांग्रेसले र्‍यापिडलाई रोकेर पिसिआर परीक्षणलाई तीव्र बनाउन जोड दिएको छ। परीक्षण समुदायस्तरसम्म पुर्‍याउनुपर्ने अनिवार्य आवश्यकता छु, कांग्रेसले भनेको छ, तर र्‍यापिड टेस्टको विश्‍वासनीयतामा विश्‍वव्यापी प्रश्‍न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ।

पिसिआरकै क्षमता र दायरा बढाइनुपर्दछ। कांग्रेसले अझै पनि स्वास्थकर्मीलाई पर्याप्त पिपिईलगायत सामग्री नपुगेको जनाएको छ। यतिको समय व्यतित हुँदा पनि अझै स्वास्थ्य सामग्रीहरु पर्याप्त नहुँदा स्वास्थकर्मीहरु जोखिमपूर्ण ढंगले काम गरिरहेका छन् कांग्रेसले भनेको छ, तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ।

बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गर्न पनि माग गरिएको छ।सरकारले यसका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्दछु, कांग्रेसले भनेको छ, उपचार कठिनाइसँगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्‍न गर्नेछ।

औषधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ।कांग्रेसले कैयौं ठाउँका क्‍वारेन्टाइन निश्‍चित मापदण्डअनुरुप नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको जनाएको छ।क्‍वारेन्टाइन व्यवस्थित नहुँदा डेंगु, मलेरिया र अन्य रोगको संक्रमणसमेत भएको विवरण आएका छन्, कांग्रेसले भनेको छ, अतस् विभिन्‍न ठाउँमा रहेका क्‍वारेन्टाइनहरुको उचित व्यवस्थापन जरुरी छ।

सम्बन्धित शिर्षक :