स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर :स्वास्थ्यकर्मी संघ

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न नेपाल स्वास्थ्यकर्मी संघले माग गरेको छ ।

नेपाल स्वास्थ्यकर्मी संघले आज प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा ऐन २०५३ अनुसार स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न माग गरेको हो।

समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएको र सेवा सञ्चालन समबन्धी अर्को ऐन नआई सकेको हुँदा स्वास्थ्य सेवा ऐन २०५३ कार्यान्वयन गर्नुपर्ने नेपाल स्वास्थ्यकमी संघका अध्यक्ष रामजी घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :