“समुदाय स्वास्थ्य र फ्लु”

खिमराज अधिकारी

फ्लू एक प्रकारको तिब्र सक्रमण गराउने रोग हो ।अति नै छिटो फैलिने एक प्रकारको ज्वरोलाइ Influenze पनि भनिन्छ ।ऋतु परिवर्तनको समय नेपालको सन्दर्भमा चैत ,बैशाख (बसन्त ऋतु) असोज ,कात्तिक (सरद ऋतु) मा बढी मात्रामा देखिने र फ़ैलिने भएकाले यस्लाइ मौसमी फ्लू पनि भनिन्छ ।

बढी मात्रामा जनघनत्व भएको समुदाय र क्षेत्रमा सामाजिक दुरि कायम नहुने स्थानका मानिसहरुमा बढी मात्रामा देखिन्छ ।Endemic ,Epidemic तथा Pandemic तरिकाले फैलिएको फ्लू लाई तत्काल समयमा नै नियन्त्रण गर्न सकिएन भने त्यस क्षेत्रका मानिसहरु यश फ्लूका शिकार हुन पुग्छन् । कहिलेकाही निश्चित उमेर समुहका मानिस प्रभावित भए पनि सबै उमेर बर्ग ,लिङ्ग लाई यस्ले सक्रमित तुल्याएको पाइन्छ ।

यो इन्फ्लुएञ्जाले मानिसको उमेर परिस्थिति ,स्वास्थ्य ,तथा आर्थिक स्तरलाई कुनै प्रबाह नगरी सामान्य रुपमा १९१८मा किशोरकिशोरी १९५७ मा बालबालिका यस्को उच्च जोखिममा परेका थिए । फ्लू को लक्ष्यण तथा चिन्नहरु लगभग रुघाखोकी सङ मिल्नेभएको हुनाले मानिसहरुले यस्लाइ खासै वास्ता गरेको पाइदैन फलस्वरूप निमोनिया ,ब्रोङकाइटिस , ब्रोङ्कियल एज्मा ,हुने सम्भाबना रहन्छ ।

यो फ्लू ४/५ पटक बिश्वमा नै फैलिएको पाइन्छ । यसबाट दोस्रो बिश्व युद्धमा जस्तै मानिस हताहत भएको पाइन्छ ।यस्लाइ कतै एसियन फ्लू पनि भनिन्छ । यो पछिल्लो पटक हङकङमा देखिएको थियो । यो रोग प्रारम्भमा धेरै सर्ने हुन्छ हुनत यस्को अन्तरिम बिकासक्रम ३ दिन को हुन्छ ।यो अल्पकालीन भए ता पनि महामारी ल्याउन सक्ने खालकै हुन्छ ।यस्लाइ पनि हाम्रो Immuenity ले प्रतिरोध गर्ने हो ।

अति सुष्म जिबाणु जस्लाइ Epstein-Barr Virus वा इन्फ्लुएञ्जा भाइरस भनिन्छ ।एस्लाइ विश्व स्वास्थ्य संगठनले ए, बि ,सि गरि वर्गीकरण गरेको छ । ए सबैभन्दा खतरा हुन्छ भने सि थोरैमा मात्र देखिने एन्टिजिन हो ।यो जिबाणु चिसो ठाउँमा लामो समय सम्म बाच्न सक्छ । तेसैले हरेक सामाग्री प्रयोग गर्दा निर्मलिकरण गर्नु उपयुक्त हुन्छ । यश फ्लू को प्रमुख श्रोत मानिस नै मानिन्छ ।तर यस्को बाहक माध्यम के हो पत्ता लगाउन सकेका छैनन् ।

कोभिड १९ का जस्तै यस्का जिबाणु पनि नाक, फोक्सो र स्वासप्रस्वास प्रणालीमा रहने हुँदा एक प्रकारको महामारी जस्तै हो । Droplet Infection बाट मानिसमा सर्ने भएकोले भएको हुँदा लकडाउन र होम क्वारेन्टाइन उपयुक्त नै हुन्छ । बिश्वमा फ़ैलिने महामारी र जनसंख्या लाई दृस्ठिगतगर्दा नेपालीको जनसंख्या भौगोलिक बनाबट र यस्को राजनैतिक बिभाजन लाई मध्येनजर गर्दा प्रत्येक १०/१० बर्षमा हुने यो रास्ट्रीय जनगणना २०७८ लाई शहर ,ग्रामीण ,पिछडिएको क्षेत्रमा फरक फरक मापदण्ड बनाइ सोका आधारमा प्रत्येक असार मसान्तमा बिपन्न नागरिक ,परिबार छुट्टाइ अधाबधिक गर्‍यो भने उत्तम हुने देखिन्छ ।

१अति गरिब २ गरिब ३ निम्न ४ मध्यम ५ सम्पन्न यसरी परिबार र सख्या छुट्टाउने हो भने कुनै पनि महामारी, जोखिम नियुनिकरण ,गर्न को साथै योजना ,बजेट निर्धारण ,राहत तथा उद्दारमा उल्लेख्य सुधार हुने देखिन्छ ।लेखक इवन मेडिकलका संचालक हुन ।

सम्बन्धित शिर्षक :