प्रदेश ५ सरकारद्धारा पाठ्यपुस्तकलाई औषधीजन्य सामग्रीको मान्यता दिने

स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारले विद्यालय तहको पाठ्यपुस्तक व्यवस्थापन गर्न पाठ्यपुस्तकलाई औषधीजन्य सामग्रीको मान्यता दिने भएको छ ।लकडाउनको बीचमा शुरु भएको नयाँ शैक्षिक शत्रमा बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्याउनका लागि प्रदेश सरकारले त्यस्तो मान्यता दिने प्रेस बिज्ञप्ती गरि उल्लेख गरेको छ ।

सामाजिक विकास मन्त्रालयले पाठ्यपुस्तक व्यवस्थापनको बिषयलाई उल्लेख गरेर ४ वुदामा पाठ्यपुस्तक कसरी व्यवस्थापन गर्ने भन्ने बिषय उल्लेख छ ।उक्त बुदामा भनिएको छ, ‘पाठ्यपुस्तक बिक्री वितरणको लागि अन्य खाद्य वा औषधीजन्य सामग्री सरह सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने र ढुवानीको लागि गाडि पास उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई अनुरोध गर्ने ।’

बुदा नं. ३ मा नतिजा प्रकाशन पश्चात विद्यालयहरुले विद्यार्थीहरुलाई यथासंभव कक्षागत पाठ्यपुस्तकहरुको व्यवस्था गर्ने भनेको छ । तर नीजि प्रकाशनको पाठ्यपुस्तकको बिषयमा भने स्पष्ट गरेको छैन् ।त्यसैगरी बुदा नंं. २ र १ मा भने विद्यालयले स्थानीय तहसँग समन्वय गरी विद्यालयले क्रमशः प्रकाशन गर्ने र सामाजिक दूरी कायम राखी उपयुक्त बैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन स्थानीय तहसँ समन्वय गर्न भनिएको छ ।

सामाजिक विकास मन्त्रालयले के केसरी पाठ्यपुस्तक बालबालिकाको हातमा पुर्याउन सकिन्छ भन्ने बिषयलाई केन्द्रित गरि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरेको थियो ।सामाजिक विकास मन्त्री सुदर्शन बरालले पाठ्यपुस्तक जनक शिक्षालाई जिल्ला जिल्लामा पुर्याउने, त्यहाँबाट स्थानीय तहले वडा र स्कुलमा पुर्याउने गरी व्यवस्थापन गर्ने बताए ।

 

पाठ्यपुस्तक हातमा पुर्याउन सकिए मात्रै अनलाईन, टेलिभिजन, रेडियोको कक्षा प्रभावकारी हुने हुँदा पाठ्यपुस्तक पुर्याउने कामलाई मन्त्रालयले प्राथमिकता दिएको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले बताए ।

सम्बन्धित शिर्षक :