नेपालमा आयुर्वेद चिकित्साबारे चेतना फैलाउन आवश्यकः महानिर्देशक उपाध्याय

स्वास्थ्यसमाचार/ वैकल्पिक तथा आयुर्वेद चिकित्सा क्षेत्रका महानिर्देशक वासुदेव उपाध्यायले मानिस बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने बारेमा धन्वन्तरी चिकित्सा पद्धतिको विकास भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले शुक्रबार गरेको अन्र्तक्रिया कार्यक्रममा महानिर्देशक उपाध्यायले सो धारणा राखेका हुन् । डा उपाध्यायले जडिबुटीको धनी देश नेपालमा आयुर्वेद चिकित्साबारे मानिसको सोचाई अन्यौल रहेको बताउदै यसबारे चेतना फैलाउनुपर्ने आवश्यकता औल्याए । धन्वन्तरी चिकित्सा प्रणाली अन्र्तगत मुख्यतयाः आयुर्वेद उपचार प्रणाली र विभिन्न योगा पर्दछन् । नेपालमा हाल ६२ प्रतिशत मानिसहरु नसर्ने रोग र ३८ प्रतिशत सर्ने रोगबाट ग्रसित छन् । विभिन्न…

सिद्धार्थनगर नगरपालिका अधिकासं मासु पसलमा सडेगलेको मासु फेला

स्वास्थ्यसमाचार/सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो । अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले नगरभित्रका १२ वटा मासु पसलको अनुगमन गर्दा एक क्विन्टल बढी सडेगलेको मासु भेटिएपछि बरामद गरी नष्ट गरिएको बताए । ‘व्यवसायीले जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पाइयो । महिनौंदेखि सडेको मासु विक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेका…

यौनइच्छा बढाउने ८ खानेकुरा

मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ । मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ । १. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । २. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा…

बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?

पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँ दैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ ।   अर्को अवस्था भनेको इन्डोक्राइन हार्मोनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको…

स्वास्थ्यको समायोजन पूर्ण हुन अझै चार महिना लाग्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुन अझै चार महिना लाग्ने भएको छ ।सरकारले हालसम्म स्वास्थ्य समूहका २७ हजार कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको छ । सूचि सार्वजनिक भएका मध्ये करिब १३ हजार स्वास्थ्यकर्मीले समायोजनप्रति चित्त नबुझेर गुनासो दर्ता गराएका छन् ।उनीहरुको गुनासो सम्बोधन र बाँकी कर्मचारीलाई समेत समेट्न अझै चार महिना लाग्ने भएको हो । कर्मचारी समायोजनका लागि सरकारले आह्वान गरेदेखि नै स्वास्थ्य समूहका कर्मचारीको समायोजना विवादित बनेको थियो । सोही कारण पहिलो र दोस्रो चरण गरी समायोजनामा चित्त नबुझाएका कर्मचारीहरुले गुनासो गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

सामाजीक बिकास मन्त्रालयको सहयोगमा बादिकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स

स्वास्थ्यसमाचार/प्रदेश ५ सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वास्थ्य कार्यालय प्युठानले एम्बुलेन्स खरीद गरी झिमरुक गाउँपालिका को बादिकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ। बादिकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी र स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति अध्यक्ष एवं झिमरुक २ का वडा अध्यक्ष बलबहादुर महतरालाई एम्बुलेन्स को चाबी, बिलबुक र आवश्यक कागजपत्र हस्तान्तरण गरेका छन। एम्बुलेन्स हस्तान्तरणपछि प्रमुख सुवेदीले बिरामी, गर्भवती, सुत्केरी महिला,जेष्ठ नागरिक र स्वास्थ्य सेवाको व्यवस्थापनका साथै सहज पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको बताए। स्वास्थ्य सेवाको प्रेषण प्रणालीलाई…

सुरक्षित यात्रा नेपाललाई एम्बुलेन्स हस्तान्तरण

स्वास्थ्य समाचार /सुरक्षित यात्रा नेपाललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।सुरक्षित यात्रा नेपालले सञ्चालन गर्ने गरी प्राप्त भएको उक्त एम्बुलेन्स नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेलाई हस्तान्तरण गरे । उक्त अवसरमा बोल्दै नेता खाँणले नागरिकको सुरक्षित यात्राप्रतिको प्राथमिकता र दायित्व सरकारको भएको बताए ।उनले नागरिकलाई अकालमा हुने मृत्युबाट जोगाउन सकिँदैन भने सरकारको औचित्य पनि नहुने भन्दै यसमा गम्भिर भन्न सरकारलाई आग्रह गरे । नेता खाँणले समाजिक अभियान्ताहरुको अग्रसरतामा राम्रो कामको थालनी भएकाले त्यसमा आफूले पनि केही गर्न सकियोस भन्ने हेतुले नै एम्बुलेन्स…

लुम्बिनी सामुदायिक मुटु अस्पताल निमार्ण अभियान शुरु

स्वास्थ्यसमाचार /प्रदेश नं ५को अस्थायी राजधानी बुटवलमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निमार्णको अभियान सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ वेलवासमा लायन्स क्लब अफ बुटवल बेलवास सिटीको नेतृत्वमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निमार्णको अभियान शुरु गरिएको हो । लायन्स क्लब अफ बुटवल बेलवास सिटीका अध्यक्ष लक्ष्मण खड्काले स्थानीय निकायसँग समन्यन गरी बेलावसमा करिव ५ कठा् जग्गाको व्यवस्थापन भएको भैसकेको बताए । नयाँ बन्न लागेको २५ वेडको अस्पताल भित्र रहने सम्पूण संरचनाको गुरु योजना तयार गरिएको खडकाले बताए। लुम्बिनी सामुदायिक मुटु अस्पताल अहिले ४ तले भवन निमार्ण गर्ने नक्सा…

बुधबार र बिहीबार भिटामिन ए खुवाइँदै

स्वास्थ्य समाचार /देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा भोली र पर्सी शनिबार र आईतबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि अल्वान्डाजोल छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका…

बुटवलमा न्यूरो तथा ट्रमा सहितको तिनाउ इन्टरनेशनल हस्पिटल सञ्चालनमा

स्वास्थ्यसमाचार/ प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा पश्चिम क्षेत्रमै पहिलो ट्रमा अस्पताल ‘तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.’ सञ्चालनमा आएको छ ।बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरमा सञ्चालनमा आएको उक्त अस्पतालको प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले शुक्रबार औपचारिक रुपमा शुभारम्भ गरे । अस्पतालको शुभारम्भ गर्दै सभामुख घर्तीले आपतकालिन उपचारकालागि पश्चिम क्षेत्रमै अति आवश्यक रहेको ट्रमा सेवा सहितको अस्पताल सञ्चालनमा आउनु सह्रानीय भएको वताए । उनले जनस्वास्थ्यका हिसावले अस्पतालहरु प्रयाप्त नहुँदा नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनु परेको वताए । त्यस्तै रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले संविधानमा भएका व्यबस्थाहरु हुवहु कार्यान्वयन हुनु…