लुम्बिनी प्रदेशको बर्दियामा नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र

सिकलसेल रोग पश्चिम नेपालका थारु जातिमा मात्र देखिएको वंशाणुगत रोग हो

स्वास्थ्यसमाचार/लुम्विनी प्रदेशको बर्दियामा नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र स्थापना हुने भएको छ। बारबर्दिया नगरपालिका नगर प्रमुख दुर्गाबहादुर थारुले भवनको शिलान्यास गरेका छन् ।

चार करोड ३३ लाख ५० हजार लागतमा सिकलसेल उपचार केन्द्रको भवन निर्माण हुने भएको छ । सिकलसेल उपचार कै लागि निर्माण सुरु गरीएको यो नेपाल कै पहिलो उपचार केन्द्र भएको नगरपालिका प्रमुख थारुले बताए ।सिकल सेल रोग पश्चिम नेपालका थारु जातिमा मात्र देखिएको वंशाणुगत रोग हो ।

थारुहरुको बाहुल्यता रहेकोले सिकलसेलका रोगीहरुलाई सहज उपचार गर्नका लागि उपचार केन्द्रको स्थापना गरेको बारबर्दिया नगर प्रमुख थारुले बताए । नगरभित्र सिकलसेल रोगी बढ्दै गएपछि नगरपालिकाले सिकसेल र थाईलोसोमिया एक परिचय नामक पुस्तक समेत प्रकाशन गरेको छ । सो पुस्तक बारबर्दिया नगरपालिकामा सामाजिक विषय अन्र्तगत स्थानीय पाठ्यक्रमको रुपमा कक्षा ९ र १० मा पढाई हुन्छ ।

सिकलसेल रोगको बर्दिया जिल्लामा उपचार नहुँदा विरामीहरु नेपालगञ्ज, काठमाडौँ र भारतको लखनउ सम्म जान बाध्य थिए । बर्दियामा रोगको पहिचान नभई उपचार गराउँदा घर जग्गा नै विक्रि गरी सुकुम्बासी समेत बनेका उदाहरणहरु छन् । सिकलसेल रोगको पहिचान र उपचारकालागि अस्पतालको स्थापना गर्न लागिएको बारबर्दिया नगरपालिका प्रमुख थारुले बताए ।

उनल भने – ‘थारुहरुको बाहुल्यता भएको स्थान र सिकलसेल रोगहरुको संख्या बढि भएको हुनाले समेत नेपाल मै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेका हौँ । ।

सम्बन्धित शिर्षक :