गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार
गुल्मी २० मंसिर गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।केन्द्रका प्रमुख डाअर्चना शुक्लाको अध्यक्षता जिल्ला समन्य समितिका गुल्मीका उपाध्यक्ष तुल्सी श्रेष्ठको प्रमुख आतिथ्य धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको बिशिष्ठ आतिथ्तमा सम्पन्न वार्षिक समिक्षामा भएको थियो ।

वार्षिक समिक्षा गोष्ठिमा बर्ष भरिभएगरेका कामको बारे छलफल र अब गर्नुपर्ने कामको बारेमा छलफल भएको थियो । उक्त वार्षिक समिक्षा गोष्ठिमा बोल्दै धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अन्य गाउँपालिकामा भन्दा धुर्काेटमा आयुर्वेद क्षेत्रमा पछि परेको बताए।

उनले आफु स्वयम अरुपालिकामा भएका आयुर्वेकेन्द्रको अबस्था र काम बारे जानकारी लिने उदेश्यका साथ आएको बताउदै अब धुर्काैटमा आयुर्वेलाई पनि बिषेश ध्यानका साथ अधिबढाउने बताए । उनले कर्मचारी औषधी बजेट कुनै कमी नहुने तरिकाले लैजाने बताए ।सबै क्षेत्रमा अब्बल रहेको धुर्काेट गाउँपालिका अब आयुर्वेद क्षेत्रमापनि अब्बल बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कबिराज गणेश सापकोटाले वोल्दै हरेका तहका कर्मचारीलाई उच्चमनोबलका साथ काम गर्ने वाताबरण बनाउनु पर्ने बताए ।उनले कर्मचारीलाई घरपाएक पर्ने स्थानमा ब्यबस्था मिलाउनु पर्ने र कामको मुल्याकन गरेर सरुवा बढुवा गर्नु पर्ने बताए । समिक्षामा वोल्दै जिल्ला समन्य समितिका गुल्मीका उपाध्यक्ष तुल्सी श्रेष्ठले आयुर्वेद क्षेत्रलाई सबैले संरक्षण गर्नु पर्ने बताउदै आबश्यक सहयोय समन्यको लागी समन्य समिति सधै तयार भएको बताए ।उनले जिल्लाका सबै पालिका जिल्ला मा सबैको लागी सहजतरीकाले आयुर्वेद सेवा दिनुपर्ने वाताबरण मिलाउन आग्रह गरे ।

केन्द्रका प्रमुख डाअर्चना शुक्लाले समय र मागका आधारमा आफुहरुले दिने सेवाहरुमा कुनै कमि नभएको बताईन । उनले सबै पालिका हरुआयुर्वेदका स्वास्थ्यकर्मिले आफनो क्षेत्रअधिकार भित्र रहेर काम गर्ने समेत आग्रह गरिन ।डा शुक्लाले पालिकाप्रमुखहरुले पनिआयुर्वेदलाई प्राथामिकतामा राख्न आग्रह गरिन ।कार्यक्रम संञ्चालन बैद्य चन्द्र भुसालले गरेका थिए ।

सम्बन्धित शिर्षक :