देवदह मेडिकलमा सुत्केरीको मृत्यु :छोरालाई शिक्षा र स्वस्थ्यमा सहयोग गर्ने सहमतिमा उठाईयो सव

स्वास्थ्यसमाचार /देवदह मेडिकल कलेजमा सुत्केरीको मृत्यु भएपछि सोमबार दिनभर आफन्तले अस्पताल घेराउ गरे । तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अपरेसनमा लापरबाही भएको भन्दै घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

तिलोत्तमा कान्छी बजार की राधा थारुलाई सुत्केरी बेथाले च्यापे पछि मंसिर १७ गते लुम्बिनी मेडिकल कलेजमा आफ्न्तले भर्ना गरे । थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्माइएको थियो ।

बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेसन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति तेस्रो अप्रेशन भएको थियो ।

राधालाई सुत्केरी भएपछि १३ पिन्ट (पोका) रगत चढाइएको थियो । रक्त सञ्चार केन्द्रमा पटक पटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको मृतकी दिदि फुलमति वताईन । बिरामीको मृत्यु भएको ३ दिन पछि मात्र अस्पतालले मंसिर २१ गते मृत घोषणा गरेको आफ्न्तको मृतकी दिदि फुलमति थारुले वताईन ।

घटनाको छानवीन, दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गर्दै दिनभर अस्पताल अगाडी धर्ना दिएका थिए मेडिकल कलेजले उपचारमा गम्भीर लापरबाही गरेर तीन दिनसम्म सुत्केरीको अवस्थाको यथार्थ जानकारी नदिएको मृतकका आफन्तको भनाई छ । सोमबार भने अस्पतालसँग आफ्न्तहरु बसेर सब उठाउने सहमती भएको मृतकका श्रीमान हिरालाल थारुले वताए ।

यता मेडिकल कलेजले भने उपचारमा लापरबाही नभएको दाबी गरेको छ । सुत्केरीलाई बचाउन हरसम्भव प्रयास गरेको अस्पतालले जनाएको छ । मृतका छोरालाई शिक्षादिक्षा सँगै स्वस्थ्य उपचारमा सहयोग पुराउने सहमती गरेको देवदह मेडिकल कलेज कार्य सम्पाद समितिका अध्यक्ष गोपाल बहादुर पोखरलले वताए ।

सम्बन्धित शिर्षक :