भीम अस्पताललाई दियो थाई बौद्ध विहारले ४० थान पीपीई

स्वास्थ्यसमाचार/ भीम अस्पताल भैरहवालाई लुम्बिनीस्थित थाई बौद्ध विहारले ४० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई विहारका प्रमुख भिक्षु सुपथ र अष्ट्रिया विहारका भिक्षु सोनमले उक्त पीपीर्ई हस्तान्तरण गरेका हुन ।

त्यस्तै सोही विहारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई आइतबार ४० थान पीपीई प्रदान गरेको छ ।थाई बौद्ध विहारले लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र भीम अस्पताललाई पीपीई प्रदान गरिसकेको छ ।

विहार प्रमुख भिक्षु सुपथले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्दै जाने बताए ।अस्पतालका मेसु डा गुप्ताले कोरोनाको महामारीको अबस्थामा (पीपीई) सहयोग ले स्वास्थ्यकर्मिहरुको ठुलो राहत हुने बताईन ।

 

सम्बन्धित शिर्षक :