भिम अस्पताल भैरहवामा नयाँ ओपिडी भवन उदघाट्न

स्वास्थ्य सेवा सुधारमा बढी प्राथमिकता दिएका छौ सामाजिक विकास मन्त्री :बराल

स्वास्थ्यसमाचार/ भिम अस्पतालमा विशेषज्ञ सहितको सुविधा सम्पन्न नयाँ बहिरङ्ग विभाग (ओपिडी) सञ्चालनमा आएको छ । नयाँ बहिरङ्ग विभागको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भवनको उद्घाटन गरे ।

भवनको उद्घाटन कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवा सुधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको बताए ।उनले अस्पताल मा कुनै प्रकारको कमिहुन नदिन भरपुर बजेट प्रदान गरिएको बताए ।स्वास्थ्य सेवामा अहिले पनि जनशक्ति अभाव रहेकोले मन्त्री बरालले बताए ।

‘स्वास्थ्यमा अहिलेपनि २०३५ सालकै जनशक्तिले थेगी रहेको वताउदै थोरै जनशक्तिले पनि उच्चस्तरिय सेवा दिएको बताएं । मैले सामाजीक बिकास मन्त्रालय ‘सम्हाले देखी नै सरकारी अस्पतालको उपरात्मक सेवालाई बढी भन्दा बढी गुणस्तरिय बनाउने भन्नेमा केन्द्रित रहेको बताए।

भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले नयाँ भवनमा आएसँगै बाल रोग विशेषज्ञ, सर्जरी ओपिडी, नाँक, कान, घाटी ओपिडी,मेडिसिन ओपिडी लगायत नयाँ भवनबाट सञ्चालन वताउदै अर्थो र प्रसुति सेवा सम्बन्धि ओपिडी पुरानै भवनमा सञ्चालन हुने बताईन ।

वि.सं. १९९० सालमा ३ शैयाबाट स्थापित अस्पताल २०३५ सालमा १५, २०४१ सालमा २५ शैयाको स्वीकृती पाएको छ । १ सय शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनि हाल २५ शैयाको स्वीकृति रहे पनि अस्पतालमा ६० शैयाको बिरामीले सेवा लिई रहेका छन् ।

भिम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :