पिएचडी बाबाको स्वास्थ्य जय होस् !

स्वास्थ्यसमाचार । गुल्मीको रुपाकोटको बाटोघाटो, घर -आँगनमा मानसिक बिक्षिप्द मन लिएर डुलीरहने , आफुलाई श्री कृष्ण भगवानको रुप भन्न रुचाउने र हातमा लगाएका प्लास्टिकका बालालाइ संखौंको मुल्यबोध गर्दै र आफुले टेक्ने सामान्य लौरोलाइ सुनको लौरो बताउने देख्दा मानसिक रोगी मान्छे तर अध्ययनले पीएचडी हासिल गर्न सफल व्यक्ति हुन् पीएचडी बाबा । धेरैले धेरै बर्ष यता देख्दै र यो मान्छे त् यस्तै हो भनेर हिड्ने हरुको अगाडी गुल्मीका केहि पत्रकार मित्रहरु चाँसो राखे, बिशेषत भुवन भुषाल र टिमले उनको भिडियो फ्लोअप शुरु गरे । युट्युबमा भिडियो राखे । भिडियो देश विदेश…

अलबिदा लक्ष्मी रसाली !

स्वास्थ्य सेवा मानव जीवनमा महत्त्वपूर्ण हुन्छ । स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रूपमा सेवा प्रदान होस् भन्ने सबैको चाहना हुन्छ। यति हुँदा हुँदै पनि सामान्य रुपमा उपचार गर्न आएको बिरामी उपचारकै क्रममा अचानक मृत्युको मुखमा पुग्छ । यसले मृतकको परिवारलाइ स्तब्ध बनाउने त भयो नै यो कुरा थाहा पाउने सबैको मुखमा हुन्छ- राम राम कस्तो डाक्टर, थुक्क अस्पताल ! के थाहा कुनै उपचार सामान्य भएर पनि डाक्टरको लापरवाहीले जटिल बनिदिन्छन त कतिपय उपचार जटिल भएपनि डाक्टरको साबधानीले चमत्कारिक रुपमा सुधार र निको हुन्छन । यो रहस्य सर्बसाधारणले कसरि जान्ने ? कसरि डाक्टर…

कोल्डचेन उपकरण जडान कार्य बाराबाट शुरु, मङ्सिरसम्म देशभर पुर्याउने लक्ष्य

स्वास्थ्यसमाचार । २८ कार्तिक । बाराको महागढिमाई नगरपालिका स्थित बरियापुर स्वास्थ्य केन्द्रबाट कोल्डचेन उपकरणको जडान कार्य थालनी गरिएको छ । उक्त नगरपालिकाका मेयर उपेन्द्र यादवको प्रमुख आथित्यतामा उपकरणको औपचारिक संचालन संगै कार्यक्रमको शुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा मेयर यादवले बालबालिकाको स्वास्थ्यको लागि यस उपकरणले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल एशोसियसन फर मेडिकल साइन्सका अध्यक्ष नवराज बस्नेतले देशका विभिन्न २ सय ९० ठाउँमा जडान गरिन लागेको बताउँदै यसले देशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीयताको सवालमा इँटा थप्ने विश्वास गरे ।…

एपेन्डिक्सको उपचारत गुल्मीकी १७ बर्षिया युवतीको मृत्यु

स्वास्थ्यसमाचार /एपेन्डिक्सको उपचारत एक १७ वर्षीया युवतीको ज्यान गएको छ ।गुल्मी रेसुङ्गा नपा-८ की लक्ष्मी रसालीको ‘एपेन्डिक्स’को शल्यक्रिया गर्ने क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा रक्त नशा फुटेको थियो । ओभरफ्लो भई पेटमा जमेको रगत सफा गरेर नशाको शल्यक्रियाको लागी लुम्विनी मेडिकल कलेजको चिकित्सक सहितको टोली भैरहवा मेडिकल कलेज पुगेको थियो । भैरहवामा उपचारको क्रममा रसालीको ज्यान गएको हो । मृतकको परिवारले सामान्य अवस्थामा उपचारत रसालीको उपचारको क्रममा चिकित्सकको लापरवाहीले ज्यान गएको बताएको छन् । चिकित्सकहरुले भने उपचारको प्रयास गर्दागर्दै समस्या जटिल भएकोले युवतीको ज्यान बचाउन नसकिएको बताएका छन्।

स्वास्थ्य – ख्याल आफैबाट, आजैबाट शुरु गरौँ !

स्वास्थ्यसमाचार ! स्वास्थ्य छ र त सबथोक छ । हाम्रो स्वास्थ्यलाई निरोगी राख्न पहिलो कुरा आहार विहारबाटै ध्यानदिनु जरुरी हुन्छ । धुवाँ, धूलोबाट आफूलाई सुरक्षित राख्ने र प्रसस्त व्यायाम र शारिरमा कुनै असहता हुनासाथ चिकित्सकको सल्लाह र स्वास्थ्य जाँच गराउने बानी बसाल्नुपर्छ  । पछिल्लो पटक हृदयघातले धेरैको ज्यान लिईरहेको छ । हामीले केही कुरामा ध्यान दिन सक्यौं भने मात्र हृदयघातबाट बच्न सकिन्छ । पहिलो कुरा खानामा ध्यान दिने, चिल्लो, पिरो नखाने, सागसक्जी, भिटामिन युक्त खाना, माछा खाने, रक्तचाँप बढी भए नुन कम खाने, तनावबाट मुक्त हुने, नियमित व्यायाम गर्ने, धुम्रपान…

यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुनसक्छ !

रुपन्देही | लसुन निकै गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ:- १. कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर…

तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाए । पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे । ‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ, तपाईहरु ढुक्क हुनुस्’–पौडेलले…

जनताको घर दैलोमा रातदिन खट्ने स्वयंसेविकालाई छैन निःशुल्क उपचार

बिन्दु भट्टराई स्वास्थ्यसमाचार /आधारभूत तहका स्वास्थ्य जानकारी समाजमा फैलाउने काममा खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुका सुविधा खासै ठूला हुँदैनन् । अरुको उपचारमा खटिने, तर आफ्नै औषधी उपचारको लागि आफैले रकम खर्च गर्नुपर्ने पीडाबाट उनीहरु गुज्रिएका छन् । बिना सुविधा काममा खटिंदा आफूहरुको निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रुपन्देहीको तिलोत्तमा ८ मणिग्रामकि राधिका पाण्डेले स्वयंसेविकाको रुपमा काम गर्न थालेको २४ वर्ष भयो । २०५२ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रहेकी उनले सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरिदिए आफूजस्ता थुप्रै स्वयंसेविकालाई राहत मिल्ने बताउँछिन् । “अरुको उपचारमा खटिंनुपर्दाको पीडा त…

लोकसेवा आयोगले स्वास्थ्य सेवाका बिभिन्न तहमा ठूलो संख्यामा कर्मचारी माग्यो !

स्वास्थ्यसमाचार । लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौं र सातौं तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ।  आयोगले करिब साढे २ सय पदमा आवेदन माग गरी विज्ञापन जारी गरेकोमा स्वास्थ्य सेवाका आठौं र सातौं तह साथै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) को लागि कर्मचारी माग गरेको हो । आयोगकोले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्न लागेको हो । इच्छुक र तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि अनलाइन दरखास्त प्रणााली मार्फत…

नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने

स्वास्थ्यसमाचार / नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएको छ। कात्तिक २९ र ३० गते सम्मेलन हुने आयोजक संस्थाका अध्यक्ष प्राडा हेमन्त कुमार हलुवाईले बताए। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन। नेपाल र नेपालभन्दा बाहिरबाट गरी ३ सय दन्त चिकित्सकको सहभागिता रहने अध्यक्ष हलुवाईले बताए।दन्त चिकित्सकहरुबीच विचार विमर्श, अनुभव आदानप्रदान, नयाँनयाँ अत्याधुनिक प्रविधिको प्रयोग प्रदर्शन एवं अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान र सीपलाई अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्धेश्य रहेको डा हलुवाईले बताए। कार्यक्रममा दन्त चिकित्सा सम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थहरुको बृहत प्रर्दशनी हुनेछ,…