कोरोनाबिरुद्धको खोप नेपालमा विहीबार सम्म आउने

कोरोना देखिएको एक बर्ष पुग्न एक दिन बाँकी छदै खोप भित्रँदै

काठमान्डौ ६ माघ नेपालमा कोरोनाबिरुद्धको खोप बिहीबार सम्म आइपुग्ने भएको छ । कोरोना भाइरसको पहिलो केश देखिएको एक बर्ष पुग्न एक दिन बाँकी छँदा नेपालमा त्यसविरुद्ध प्रयोग हुने खोप भित्रन लागेको हो । नेपालमा कोरोनाको पहिलो केश देएिको ९ माघमा एक बर्ष पुग्दैछ ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप कोभिशिल्ड पर्सी नेपाल आइपुग्ने भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ पहिलो चरणमा आउने खोप भारत सरकारको अनुदानमा आउन लागेको हो ।खोप पर्सी आउँदै छ ।सम्भवत पहिलो लटमा आउने एक लाख भाइल आउँछ होला ।

मन्त्रालयका एक अधिकारीले भने तर अहिले आउने खोप भारत सरकारको अनुदानमा नै हो,’ स्रोतले भन्यो । यसै साता भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका समकक्षीसंगको बैठकमा खोपको उपलव्धताबारेमा कुरा उठाएका थिए । भारतले सो विषयलाई गम्भीरतापूर्वक लिएको र नेपाल खोप पाउने पहिलो छिमेकी हुने आश्वासन दिएको थियो ।

सोही आश्वासन पुरा गर्न भारतले पर्सी नै खोप पठाउन लागेको हो ।स्वास्थ्य मन्त्रालयले खोप आएको एक साता भित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ । उसले त्यसका लागि चाहिने आवश्यक नीतिगत निर्णय यसअघि नै गरिसकेको समेत उल्लेख गरेको छ ।त्यसो त कोभिशिल्डलाई नेपालले यसै साता आपतकालिन प्रयोगका लागि अनुमति दिईसकेको छ ।

मन्त्रालयले खोप लगाउने प्राथमिकता निर्धारण गर्दै सबै भन्दा पहिले फ्रन्टलाइन हेल्थ वर्करहरुलाई दिइने जनाएको छ ।नेपाली हेल्थवाट साभार गरिएको हो।

सम्बन्धित शिर्षक :