चिसोबाट जोगिन सामाजिक विकास मन्त्री वरालको आग्रह

जोखिमयुक्त समुदायको पहिचान गरी सहयोग गर्न सरकारी तथा गैरसरकारी संस्थालाई अपिल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन आग्रह गरेका छन। एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन्।

उनले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह छन्। ‘चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र पोषणयुक्त खानेकुरा खान, अनावश्यक रुपमा घरबाहिर नबस्न, घर भित्र हिटर, दाउरा, कोइला बाल्दा सावधानी अपनाउन र कुनै स्वास्थ्य समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गइ सेवा लिन विशेष अनुरोध गर्न चहान्छु। उनले भने।

मन्त्री बरालले चिसो र सितलहरबाट प्रभावित समुदायहरुलाई सहयोग वितरण भइरहेको वताउदै अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गरेका छन्।

‘आवश्यक सहयोग नपुगेको स्थान तथा समुदायको पहिचान गरि ति क्षेत्र तथा समुदायलाई न्यानो कपडा तथा खाद्य र पोषण सामाग्री उपलब्ध गराउन हुन, सबै स्थानिय तह, स्थानिय प्रशासन, सरकारी तथा गैरसरकारी निकायहरु, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरुलार्य हार्दिक अपिल गर्दछु।’ अपिल मार्फत मन्त्री बरालले भने।

पछिल्लो समयमा चिसो र सितलहरका कारण तराइका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ। चिसोका कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालबालीका, अपांगता भएका व्यक्तीहरु, दिर्घरोगी, ज्येष्ठ नागरिक, असाहय, अनाथ, अति विपन्न तथा सिमान्तकृत समुदायका मानिसहरु बढि प्रभावित भएका छन्। बिगत केहि दिन देखी यसक्षेत्रमा सितलहर चलेको छ ।

सम्बन्धित शिर्षक :