कोरोनाको खोप अभियान माघ १४ वाट सुरु हुन्छः प्रधानमन्त्री ओली

पहिलो चरणमा खोप स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई लगाउने 

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी  ओलीले माघ १४ गतेदेखि कोभिड- १९ विरुद्दको खोप अभियान सुभारम्भ गरिने बताएका छन्।   सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने  लक्षित समुहमा राखेको बताए।

उनले कोभिड- १९मा सशस्त्र प्रहरीले ज्यानको बाजि राखेर खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उक्त समयमा उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी पनि धन्यवादको पात्र भएको उल्लेख गरे।

उनले भने,‘कोभिड१९ को सन्दर्भमा हामी कोभिडलाई हटाउने टर्निङ प्वाइन्टमा पुगेका छौं। सम्भवतः १४ गतेबाट खोप लगाउन सुरु गर्नेछौं।’उनले करिब ४ लाख ५० हजार फ्रन्टलाइनरहरुलाई पहिलो चरणमा खोप लगाउने र अर्को चरणको खोप ल्याउने प्रयासमा लागिरहेको बताए।प्रधानमन्त्रीले मास्क लगाउने, सामाजिक दुरी, सरसफाइ र खानेकुरामा ध्यान दिन समेत आग्रह गरे।

 

सम्बन्धित शिर्षक :