कोरोना खोप कार्यक्रम प्रभावकारी बनाउन कर्मचारी र स्वयंसेविका परिचालन गर्ने

नेपालमा फागुन सम्ममा कोरोनाको खोपआउने

केशवराज पौडेल
काठमाडौ, माघ ३ गते । विश्वका विभिन्न कोरोना विरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्नेदेखि कर्मचारी परिचालनको कामलाई तीब्रता दिइएको छ ।

छिटै संभवत फागनुसम्ममा खोप आउने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको छ । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले एकदेखि आठ डिग्री सेल्सियसमा एक करोड ७० लाख खोपको भाइल भण्डारण गर्न सकिने पूर्वाधारको विकास भैसकेको बताउनुभयो ।

‘धेरै देशका कम्पनीसँग कुरा भएका छन् अधिकाशं सकारात्मक हुनु भएकाले छिटोभन्दा छिटो खोप ल्याउन हामीले आवश्यक कार्यहरु गरिरहेका छौ’ डा।शर्माले भन्नुभयो । तर यही समयमा आउँछ भनेर अन्तिम निर्णय भने भैनसकेको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा छिटोभन्दा छिटो खोप ल्याउने तयारीमा छौ तर यहीनै समयमा खोप आउछ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन शर्माले भन्नुभयो । सरकारले भारत, चीन, अबर र रसियामा कोरोनाको खोप बनाइरहेका कम्पनीसँग सम्पर्क गरी रहेकाले नेपाल सरकारले फागुनसम्म खोप ल्याउनेमा आशा देखाएको छ ।

औषधि व्यबस्था विभागले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरको र भारतमा उत्पादन हुन लागेको खोपलाइ आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेसँगै कोरोना विरुद्धको खोप नेपालमा चाँडै आइपुग्ने अनुमान गर्न सकिन्छ ।यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा भारतमा उत्पादन हुने खोप नेपाललाई उपलब्ध गराउन गरेको प्रस्तावमा भारत सकारात्मक हुनुले पनि खोप नेपालमा चाँडै आइपुग्ने अनुमान गर्न सकिन्छ ।

विभिन्न देशहरुमा बनिरहेको खोप कम्पनीसँग भैरहेको कुराकानीको आधारमा स्वास्थ्य तथा जनसंख्या स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले केही दिनअघि कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गर्नुभएको थियो ।दुईदेखि आठ आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार तयारीमा तिव्रता र सम्बन्धित मुलुकमा खोप कम्पनीसँग कुटनीतिक तथा प्रत्यक्ष कुराकानीको आधारले पनि नेपालमा छिट्टै कोरोना बिरुद्धको खोप आउन सक्ने संकेत गरेको छ । त्यसका लागि खोप प्राविधिकको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भैसकेको छ ।

सो प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धताका कुराहरु स्पष्ट रुपमा लेखिएको छ ।खोपको अन्योलताको बिचमा मन्त्री त्रिपाठीले आफ्नो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुने बताइसक्नु भएको छ । खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने र खोप समयमै आउने कुरामा विश्वास गर्न उहाँले सम्पुर्णमा मन्त्री त्रिपाठीले भन्नुभएको छ ।

सरकारले पहिलो चरणमा सरकारले खोप लगाउन अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । सरकारले रुस, भारत र अरबका राजदूतसँग खोप प्राप्तिका सन्दर्भमा सम्बन्धित सरकार र कम्पनीसँग कुराकानी अन्तिम चरणमा पुगेको छ ।

खोप प्राप्तिका लागि सरकार गम्भीर भएर लागेको र सरकारले च्यानल र सम्भावनालाई नजिकबाट हेरेर काम गरिरहेको डा।शर्माले भन्नुभयो । हामी कोभ्याक्समाथि मात्रै हामी निर्भर नभएर खोप खदिरमा निक्कै अघि बढेका छौ, डा।शर्माले भन्नुभयो । त्यसको रिजल्ट छिट्टै आउँछ उहाँले स्पष्ट पार्नुभयो ।गोर्खापत्रअनलाईबाट साभार ।

सम्बन्धित शिर्षक :