लुम्बिनी प्रादेशिक अस्पतालमा दम तथा व्रोकाईटीसको निशुल्क उपचार हुने

सेवाको अस्पतालका मेसु डा खनालद्धारा उदघाटन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिपन्न नागरिकको लागी दम तथा व्रोकाईटीस रोगको निशुल्क उपचार हुने भएको छ।उक्त सेवाको आज एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले सेवाको उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै डा खनालले बिपन्न नागरिककोलागी यो सेवाले राहत दिने बताए।उनले अस्पतालमा यो सेवा सुरुभएपछि ५० हजार बराबरको निशुल्क उपचार पाउने बताए । खनालले भने लुम्बिनी प्रादेशिक अस्पताल सामाजीक सेवा मार्फत बिभिन्न लक्षित बर्गलाई निशुल्क सेवा दिदै आएको र अब थप यो सेवा सुरु भएपछि राहत हुने बताए ।

प्रादेशिक अस्पताल सामाजीक सेवा ईकाई प्रमुख नेत्र प्रसाद आचार्यले भने आजै सुरु भएको बिपन्न नागरिकको लागी दम तथा व्रोकाईटीस रोगको निशुल्क सेवा ३ जना ले लिएको बताए ।कपिलबस्तु र रुपन्देहीका ३ जना महिलाले यो सेवा लिएका हुन।लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्रालय बिपन्न नागरिकको लागी दम तथा व्रोकाईटीस रोग आर्थिक सहुलियत निर्देशीक २०७६ लागु भएपछि आज देखी अस्पतालमा यो सेवा सुरु भएको छ।

बिपन्न नागरिकको लागी यो सेवा लिन स्थानिय निकायको सिफारिस अनिवार्य रहेको छ । स्थानिय निकायको सिफारीसमा अस्पतालले ५० हजार बराबरको सेवा दिने सहुलियत निर्देशीका २०७६ मा उल्लेख गरिएको छ ।

अहिले सम्म लुम्बिनी प्रदेशका १३ बटा सरकारी अस्पतालबाट यो सेवा दिन सुरु भएको छ। सेवा दिने अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, राप्ती प्रादेशिक अस्पताल दाड र प्रदेशका सबै जिल्ला अस्पतालवाट दम तथा व्रोकाईटीस रोगको निशुल्क उपचार हुने छ ।

सम्बन्धित शिर्षक :