प्रधानमन्त्री ओलीले भोलि कोरोना बिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार / प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।उनले बिहान १० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनासंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

प्रधानमन्त्रीले खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु हुने मन्त्री त्रिपाठीले बताए ।उनका अनुसार भोली नै भारतबाट थप ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्नेछ।नेपाल सरकारले भारत सरकारसँग २० लाख डोज खोपका लागि अग्रीम भुक्तानी दिइसकेको छ ।

यसअघि १० लाख डोज आइपुगिसकेको छ ।बाँकी खोप पनि चाँडै आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा दोस्रो चरणको खोप फागुन २३ गतेदेखि लगाइँदैछ । प्राथमिकताका आधारमा यसअघि ५५ वर्षभन्दा माथिकालाई कोरोना खोप लगाइने भनिएपनि सरकारले नीतिमा परिवर्तन गरेको छ ।अब ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :