जि २५ क्लवको निशुल्क शिबिरमा १सय जनाको दन्त परिक्षण

स्वास्थ्यसमाचार /जि २५ क्लवको आयोजना तथा व्राईट व्रासेस सेन्टर एन्ड डेन्टल किल्नीको प्रायोजनमा १ दिने निशुल्क दन्त शिबिर सम्पन्न भयो । बुटबल उपमहानगरपालिका वडा नं ११ देबिनगरचौपारीमा उक्त शिबिर सम्मन्न भएको हो ।

जि २५ क्लवका अध्यक्ष देबिलाल अर्घालीको अध्यक्षता भएको कार्यक्रममा संस्थाका मार्गर्दशक बिमल राज घिमिरेले उक्त शिबिरको उदघाटन गरे। दन्त शिबिरको उदघाटन कार्यक्रममा बोल्दै घिमिरेले दन्त शिबिरले नागरिकलाई स्वच्छ रहन ठुलो टेवा दिने बताए । उनले क्लवका यस्ता रचनात्मक कार्यक्रम सधै सहयोग गर्ने बताए ।

बिशिष्ठ अतिथी तिनाउ गाउँ पालिका वडा नं ३का वडा अध्यक्ष प्रेमराज पान्डेले यस्ता रचनात्मक कार्यक्रम गर्दा समाजलाई फाईदा पुग्ने र यस्ता कार्यक्रम लाई निरन्तता दिनुपर्ने बताए ।

जि ट्वाईन्टी फाईव क्लवका संस्थापक अध्यक्ष रमेश कुमार जोशीले ले यस्ता नागरिक सकेतनाका जनस्वास्थ्य अभियानमा हाम्रो सस्थाले खेल्ने भुमिका अत्यन्तै महत्वोपुर्ण हुने बिचार ब्यक्त गरे ।

कार्यक्रममा व्राईट व्रासेस सेन्टर एन्ड डेन्टलका प्रमुख डा नारायण पोखरेलले क्लसंगको सहकार्यलाई निरन्तरता दिदै जाने बताए। डा पोखरेलले स्वस्थ्य रहनकोलागी मुख र दाता महत्वपुर्ण रहने भएकोले सबैलाई सचेत रहन र समय समयमा चेक जाच गराउन आग्रह गरे ।

कार्यक्रममा योग अभियान्ता योगिराज आचार्यले दात स्वस्थ्य हुनु भनेको सम्पुर्ण पाचन प्रणालीमा त्यस्को भुमिका रहनु हो। साथै दन्त शिबिर जस्ता कार्यक्रमले नागरिकमा हात ,मुख घाटि स्वास नलि र कोरोना जस्ता महामारि जन्य रोगहरु न्यनुकरणमा समेत महत्वपूर्ण भुमिका खेल्ने वताए ।

क्लवका महासचिब जगदीश न्यौपानेको संञ्चालनमा भएको कार्यक्रममा संस्थाका कार्यसमितिका सदस्य सल्लाहकार स्थानिय बुद्धिजीबिहरु लगाएको सहभागी रहेको थियो । उक्त शिबिरमा १सय जनाले दात तथा मुखको उपचार गराएको कार्यक्रम संयोजक मुक्त बहादुर टन्डनले बताए ।

सम्बन्धित शिर्षक :