रुपन्देहीमा कोरोना संक्रमति घटदै ५० नयाँ थपिदा ३८७ कोरोना मुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घन्टामा ८ सय ८८ जनाको आरटी पीसिआर गर्दा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार आज ८ सय ८८ जना को परिक्षण गर्दा ५० जना नयाँ संक्रमिति भेटीएका हुन भने १ को मृत्यु भएको छ भने ३सय ७८ जना कोरोनाबाट मुक्त भएका छन ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुपन्देहीका ४ वटा प्रयोगशालामा ८सय ८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण पुष्टि भएको वताए।

जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमित थपिएका छन् । यसैगरी बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९/९ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५सय ८१ पुगेको छ । जसमध्ये २४ हजार ३सय ३३ जना निको भएका छन । हाल जिल्लामा १ हजार ८२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । रुपन्देहीमा आजसम्ममा ४सय ३८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको तथ्याक छ ।

सम्बन्धित शिर्षक :