कोरोना संक्रमणबाट डा पशुपति रजौरिया निधन

स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डा पशुपती रजौरियाको ३५ वर्षको उमेरमा कोभिडले मृत्यु भएको हो । भर्खरै विवाह गरेका श्रीमान श्रीमति नै कोभिडसंगै लडिरहेका थिए । श्रीमति डा। हसिना वानुले कोभिड परास्त गरेपनि डा रजौरियाले हारेका छन् । उनीहरु दुवै जना भैरहवाको सोहि अस्पतालमा कार्यरत थिए । श्रीमति वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।

छोटो समयमै राम्रो पहिचान बनाईसकेका डा रजौरियाको निधनले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु स्तब्ध बनेका छन् । निकै राम्रो र लगनशिल डाक्टर गुमाउनु परेकोमा अस्पताल परिवार स्तब्ध रहेको गुरुङले बताएका छन् । उनको घर कपिलवस्तु रहेको पनि अस्पताल प्रशासनले जानकारी जनाएको छ ।

काभिड १९ का कारण सोहि मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । उनिहरु मध्ये अधिकाशले जितेका छन् । डा रजौरियाले कोभिड विरुद्धको खोप नलाएको अस्पतालको रेकर्ड शाखाले जनाएको छ । भर्खर विवहा गरेका उनिहरु दुवै जनाले खोप लगाउन ईन्कार गरेका थिए ।

सम्बन्धित शिर्षक :