चट्याङबाट कसरी बच्ने ?

बिजुली चम्केको बेला सतर्क रहनु पर्छ। 1:- फोन, कम्प्युटर, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने। 2:- विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने। 3:- बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने। 4;- सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने। 5:- खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने। 6:- सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने। 7:- धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने। 8:- तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने। 9:-…

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य ,लाइसेन्स परीक्षामा कतिपय डाक्टर ३६ पटकसम्म फेल

फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स ९नाम दर्ता० परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन् । काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयमा…

शुद्दोधन गाउपालिकामा स्वास्थ्य स्वयमसेबिकालाई मासिक १२ सय सम्मान भत्ता

स्वास्थ्यसमाचार शुद्दोधन गाउपालिकाकालेआर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ।स्वास्थ शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार सुशासन ,समृद्धि शुद्दोधन गाउपालिकाको मूल आधार भन्ने नाराका साथ बजेट तथा कार्यक्रम सार्बजनिक गरेको हो। शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले बजेट प्रस्तुत गर्दे स्वास्थलाई सशर्त र गाउँपालिका बाट अनुदान गरि ३ करोड ५६ लाख ५१ हजार बिनियोजन गरेका छन । उनले महिला स्वास्थ्य संयमसेबिकलाई मासिक सम्मान सरुप एक हजार भत्ता उपलब्ध गराउने ,गाउपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा बिस्तार गर्ने, ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई घरमै निशुल्क स्वास्थ्य परिक्षण…

चट्याङ लागेर रुपन्देही र दाङमा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार चट्याङ लागेर रुपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् । चट्याङ लागेर गम्भिर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले वताए । चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका…

आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैको पहुँचमा पु्याइने

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षभित्रै मुलुकका सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गरिने जानकारी दिए । उपप्रधानमन्त्री यादवले भने, “२०७७ सालसम्ममा सबै वडामा स्वास्थ्य संस्था स्थापना गरिनेछ, औषधि अभाव हुन नदिन स्थानीय तहमा समेत औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ, गरीब, असहाय, बेवारिसे, स्वयंसेविका महिलालगायतको उपचार निःशुल्क गरिने व्यवस्था गरिएको छ ।” स्वास्थ्य…

बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

स्वास्थ्यसमाचार बुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार तथा पर्यटन, कृषि उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिहरु आ.व. २०७६÷०७७ को भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । नगर प्रमुख शिवराज सुवेदी द्धारा…

बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको हो । आफन्तले भने डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै शव समेत उठाउन मानेका छैनन् । मृतकका आफन्तलाई के कारणले मृत्यु भएको भन्ने कुनै जानकारी पनि नदिएको भन्दै शव उठाएका छैनन् ।स्वास्थ्यकर्मीहरुको लापरबाहीकै कारणले मृत्यु भएको भन्दै पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् ।

तिलोत्तमा ८ करहियामा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन्

बिन्दु भट्टराई स्वास्थ्यसमाचार  /तिलोत्तमा नगरपालिका करहिया आयुर्वेद शाखाको आयोजनामा गांउघर तथा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन गरिएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयका का प्रमुख डा। नलिननाथ तिवारी उदघाटन गर्दे आयुर्वेद औषधिलाई बेवास्था गर्दा एक रोगबाट अर्को रोगलाई निम्तो दिने काम भैरहेको बताए ।आयुर्वेदमा ज्ञान अभाबको कारण आयुर्वेद पछि परेको बताए । पहिले ८० प्रतिसत सर्ने रोगबाट ग्रसित थिए भने ऐले ठिक उल्टो हुदै नसर्ने रोग ८० प्रतिशत भएको छ नसर्ने रोगको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ डा तिबारीले भने । तिलोत्तमा नगरपालिका वडा नं ७ का सदस्य देवी प्रसाद पंगेनीको…

धुर्काेट गाउपालिकाका सबै स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा सुरुहुने

स्वास्थ्यसमाचार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७६-७७ कार्यक्रम पेश गरेको छ ।गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति जानकारी गराउदैँ आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । निति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष पोखरेलले स्वास्थ्य क्षेत्रलाई प्राथामीकता दिएका छन । उनले धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने जैसीथोक, नयाँगाउँ, वस्तु र वाग्ला स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा ल्याउने गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अन्य कार्यक्रमलाई पनि प्रथामिकतामा राखेका छन निति तथा कार्यक्रम मा गाउपालिका…

सैनामैना नगरपालिका भित्रका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध

स्वास्थ्य समाचार सैनामैना नगरपालिका भित्र रहेका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध गरिएको छ। नगरभित्र रहेका ३६ विद्यालयको कम्पाउन्ड भित्र कुनैपनि किसीमको जंक फुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए। जंकफुड प्रयोग गर्दा विद्यार्थीहरु धेरै विरामी भए अधिकांशमा हड्डी र जोर्निको समस्या देखियो त्यसैले हामीले घरबाट आमाबुबा तथा अभिभावकले बनाएको नास्ता लिएर खाने गरी व्यवस्थापन गर्न यो अभियान सुरु गरेका हौं मेयर कार्किले भने।घरको नास्ता प्रयोग गर्दा एकातिर विद्यार्थीहरु स्वस्थ हुने, अभिभावकलाई आर्थिक व्ययभार कम पर्ने र बालबालिकाप्रति परिवारको माया र कर्तव्य…