स्वास्थ्यसमाचार/ कोरोना बिरुद्धको शुन्य खोप अभियानकै क्रममा विद्यार्थीका लागि चाहिने खोप बोकेर स्वास्थ्यकर्मी सहित तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे स्कुल स्कुलमा पुगेका छन्।
तिलोत्तमा नगरपालिकामा कोरोना विरुद्धको खोप नलिएका १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरुको लागि मोडर्ना खोपको पहिलो मात्रा लगाउने कार्यक्रमका सन्दर्भमा मेयर बासुदेव घिमिरे बिद्यालयमा पुगेका हुन्।
यसअघि नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका दश हजार बढी विद्यार्थीले खोप लगाइसकेकोमा बाँकी विद्यार्थीहरुको लागि पुनः खोप अभियान सुरु भएको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेलले बताए।
खोप कार्यक्रमको अनुगमन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोहि विद्यार्थी खोप लगाउन बाट बन्चित नहुने र उमेर अनुसार सबैको लागी खोपको ब्यबस्था गरिने बताएका छन्।