कपिलवस्तुका दुई पालिकामा १५ शैय्याका अस्पताल निर्माण हुँदै

स्वास्थ्यसमाचार/ कपिलवस्तका वुद्धभूमी र महाराजगंज नगरपालिकाले १५ शैय्याका अस्पताल निर्माण गर्न लागेका छन। महाराजगंज नगरपालिकाले २८ करोडमा अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ भने वुद्धभूमी नगरपालिकाले १९ करोड लागतमा अस्पताल निर्माण गर्ने भएको छ ।

महाराजगंज नगरपालिका—१ प्राथमिक स्वास्थ्य चौकीको किनारमा एक बिघा क्षेत्रमा अस्पताल निर्मााणको तयारी भैरहेको महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले बताए । ‘स्वास्थ्यको क्षेत्रमा केही गरौँ भनेर अस्पताल निर्माण प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने ।

अस्पतालमा आधारभूत स्वास्थ्य सेबा उपलब्ध हुने गरी निर्माणको तयारी भएको छ । जसअन्तर्गत जनरल फिजिसियन, प्रसुति, ल्याव, फार्मेसी, डेन्टल, आँखा लागतयका सेवा अस्पतालमा उपलब्ध हुनेछन् । अस्पताल निर्माण भएपछि महाराजगंजका नागरिकहरुलाई सेवा लिन सहज हुने नगरप्रमुख खाँले बताए ।

हाल यी पालिकाहरुमा अस्पताल नहुँदा सामान्य उपचारका लागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानुपर्ने बाध्यता छ । ‘हामी बिरामी भएमा उपचार गर्न जाने ठाउँ नै छैन । यहाँ अस्पताल बनेमा हामीलाई धेरै सजिलो हुने थियो,’ स्थानीय रामजनम चौधरीले भने, ‘अहिले त हामीलाई समस्या धेरै नै छ ।’

पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको नगरप्रमुख खाँ बताउँछन् । ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर संचालन भइसकेको छ । बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाडै बनाइने उनले बताए ।

यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने उनको भनाइ छ । कपिलवस्तुकै वुद्धभूमी नगरपालिका—१ बडहरा चोकमा एक बिघा क्षेत्रमा १९ करोड लागतको आधारभूत अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

नगरपालिकाका इन्जिनियर कुशल घिमिरेले अस्पताल निर्माणका लागि टेन्डर आव्हान गरिसकिएको बताए । निर्माण हुने अस्पतालमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लगायतका सेवा हुनेछन् ।

अस्पतालमा लिफ्टको समेत सेवा हुने इन्जिनियर घिमिरेले बताए । अस्पतालको निर्माण प्रक्रिया अघि बढेको र अबको २ वर्षभित्र अस्पतालको निर्माण सम्पन्न हुने वुद्धभूमी नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए । उनले अस्पताल निर्माण भए पछि नगरबासी लाभांवित हुने बताए।

सम्बन्धित शिर्षक :