स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघ अख्तियारमा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना खोप हिनामिना गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो ।

२४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय युवा संघले मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :