समायोजन मिलानका कर्मचारी अपुग तलब स्वास्थ्य मन्त्रालयले पठाउने

स्वास्थ्यसमाचार/ समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले भकाभक फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ । ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ । मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ । ‘समायोजन÷समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट…

एमआरआई र सिटीस्क्यान खरिदमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार

स्वास्थ्यसमाचार/ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई र सिटी स्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व रजिस्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरुलाई बयानका लागि पत्राचार गरेको छ । प्रतिष्ठानका सर्जरी विभागका एक जना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा डा संगीता भण्डारीको कार्यकालमा सिटी स्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखित रुपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो । ती चिकित्सककाअनुसार प्रतिष्ठानका पूर्व रजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्व कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्व कामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकर लामिछाने, डिन डा सागर…

रुकुम पूर्व: आगोको भरमा ‘बर्थिङ सेन्टर’

रुकुम पूर्व/ आगोको भरमा बर्थिङ सेन्टर सिस्ने स्वास्थ्य चौकी गाउँपालिकाको केन्द्र अर्थात जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट एक देखि दुई दिनको पैदल यात्रापछी पुगिन्छ । सदरमुकामकै पालिका भित्रको यो वडामा भौगोलिक कठिनाईको कारण सडक संजाल विस्तार हुन सकेको छैन् । सडक संजालदेखि, पूर्वाधार, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा पछि परेको यस वडाका नागरिकहरुले संघियताको अनुभव राम्रोसँग गर्न पाएका छैनन् । यहि संघियताले गिज्याइरहेको एउटा उदाहरण हो, सिस्ने गाउँपालिका १ नम्बर वडामा रहेको सिस्ने स्वास्थ्यचौकी । सिस्ने हिमालको फेदैमा रहेको यस स्वास्थ्यचौकीमा चिसोको सिमा नै हुदैन् । अहिले जताततै गुणस्तरीय स्वास्थ्य सेवाको कुरा…

अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…

चीनमा आउँदो जनवरी ८देखि विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने

एजेन्सी /चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो । चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध श्रृङ्खलाबद्ध रूपमा हटाउने क्रममा यो पछिल्लो घोषणा आएको हो । कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । तर, सङ्क्रमण बढिरहे पनि चीनले विदेशी यात्रुलाई अनिवार्य क्वरेण्टीन बस्नु पर्ने नियम हटाएको छ । सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वरेण्टीनमा बस्नुपर्ने…

अर्घाखाचीमा ११ सय बढीलाई विशषज्ञ चिकित्सक सेवा

स्वास्थ्यसमाचार/ रोग लुकाएर बस्ने ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई सचेतना जगाउने र सेवा दिने उद्येश्यका साथ दुई दिने निशुल्क विशेषज्ञ सेवा दिईएको छ । सामान्य उपचार बाहेकका सेवा पाउन टाढा धाउनुपर्ने सन्धिखर्क नगरपालिकाका दीर्घरोगीहरुलाई गाउमै विशेषज्ञबाट निशुल्क जाँच, औषधी, परामर्श दिईएको हो । सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाची आवासीय माविमा राखिएको शिविरमा हाडजोर्नी, नसा तथा मनोरोगका बिरामीहरु बढि भेटिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले दीर्घरोगीहरुलाई लक्षित गरि शिविर संचालन गरिएको बताए । ‘नगरपालिकामा नै पहिलोपटक विशेषज्ञसहितको ठुलो शिविर गरेका छौ’– उनले भने ।…

शारीरिक रुपमा स्वस्थ्य रहन मुख स्वास्थ्यको महत्व

स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु हो । मुखलाई स्वास्थ्यको दर्पण नै मानिन्छ । मानिसको मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ । मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने रोगहरू हुन् । नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ्य खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी बिषयहरु हुन् । बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन् । पहिला पहिला अर्गानिक खानपिन हुदा मुख सम्बन्धि कम रोग लाग्ने गर्दथ्यो…

स्वास्थ्य मन्त्रालय हाल प्रधानमन्त्री पुष्पकमल दाहाल संगै

स्वास्थ्यसमाचार / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयतताको सपथ लिएका छन्। सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्। प्रचण्ड आइतबार बेलुका मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका थिए। लगत्तै उनलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन्। प्रधानमन्त्रीसँगै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार, नेकपा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भएका छन्। यस्तै दामोदर भण्डारी, राजेन्द्र राई र ज्वाला साहले पनि…

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहको आग्रह

स्वास्थ्यसमाचार/ गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप ९भेरिएन्ट० देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सूसुचित हुन अनुरोध गरेको छ । मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको…

कोरोनाको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गर्नुस्

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेका छन् । ‘बुस्टर डोज लगाउन बाँकी रहेका सर्वसाधारणहरूले स्थानीय स्वास्थ्य संस्थामा गएर खोप लगाउनुस्। कोभिडको जोखिम कायम छ ।’छिमेकी राष्ट्र चीन, जापान,…