यस्तो छ स्वास्थ्यमा सरकारको साझा न्यूनतम कार्यक्रम

स्वास्थ्यसमाचार/ सत्ता साझेदार दलहरूले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बसेको बैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए। न्यूनतम साझा कार्यक्रम सुशासन र विकासका कुरामा केन्द्रित रहेको उनको दाबी थियो। कार्यक्रममा प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरिएको र जनतामा सेवा डेलिभरीको कुरालाई प्राथमिकता दिइएको उनले दाबी गरे। न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका ८ विषय समावेश छ। निरोगी नेपालस् स्वस्थ नागरिकु शिर्षकमा स्वास्थ्यका विषयहरु रहेका छन्। जसअन्तर्गत आधारभूत स्वास्थ्यदेखि बिमासम्मका विषयहरु रहेका छन्। यी हुन् ८ विषय निरोगी नेपालको अवधारणा…

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड :भैरहवा भन्सारमा हुँदैन खाद्यान्नको गुणस्तर परीक्षण

भैरहवा / भैरहवा भन्सार हुँदै भित्रने खाद्यान्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ । उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल ९काजु, बदाम०लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ । सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस भन्ने…

बाँकेमा महामारीको रुप लिदै दादुरा :एक बालकको मृत्यु, दर्जनौ विरामी

बाँके । बाँकेमा दादुराले महामारीको रुप लिदै गरेकोमा स्वास्थ्यकर्मिहरु चिन्चित बनेका छन । दादुराकै कारण ३१ महिने बालकको बुधवार मृत्यु भएसगै दर्जनौ दादुराको विरामी रहेका बालबालिका जोखिममा रहेको स्वास्थ्यकर्मिहरुले बताएका छन । दादुराले विरामी भएका नेपालगञ्ज उपमहानगरपालिका(५ का ३१ महिने बालकको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले  बताउनु भयो । उहाँकाअनुसार सिकिस्त रहेका ति बालकको थप उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । बाँकेमा पछिल्लो पटक दादुरा महामारीको रुपमा फैलिरहेको पाइएको छ । केहि दिनपहिले सम्म नेपालगञ्ज उपमहानगरपालिका(५,७ र ८ मा मात्र देखिएको…

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ। लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो। आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो। संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण…

तिलोत्तमा ९मिलिजुली टोलमा स्वास्थ्य समन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ आयुर्वेद जीवनशैली र उपचार, स्वस्थ र दीर्घायु जीवनको आधार भन्ने नाराका साथ रक्षा आयुर्वेदिक औषधालय र राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालको संयुक्त आयोजनामा एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ। तिलोत्तमा नगरपालिका वाड नं ९मंगलापुर मिलिजुली टोलमा भएको एक दिने शिबिरमा ६० जना भन्दा बढीको कार्यक्रममा बिभिन्न रोगको वारेमा जानकारी गराईएको थियो। टोल बिकास समितीका अध्यक्ष बाबुराम रेग्मीे अध्यक्षामा भएको कार्यक्रममा स्थानिय समाजसेवी नरबहादुर श्रीसले टोलसमितीको सक्रियतामा भएको जनचेतना मुलक कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी शालिकराम भुसाल लगायले महिलाहरुलाई स्वास्थ्यसमन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली,…

ओमसतियामा “उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी महिला” कार्यक्रम

स्वास्थ्यसमाचार/ ओमसतिया गाउँपालिकाले “उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी महिला” कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन तथा बालमृत्युदर एवम मातृमृत्युदर घटाउने लक्ष्य सहित कार्यक्रम लागु गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बताइन । यस संगै यसले दिगो विकासका लक्ष्यहरुलाई पनि गाउँपालिकामा लागु हुन सहयोग पु¥याउने अपेक्षा रहेको चौधरीले बताइन ।कार्यक्रम अन्र्तगत पालिकाले चारपटक सुत्केरी जाच गरेको गर्भवती महिला तथा सुत्केरीहरुका लागि पौष्टिक आहार वितरण सुरु गरेको छ । ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीका अनुसार…

छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने

स्वास्थ्यसमाचार / छत्रकोट गाउँपालिकाले अनिवार्य अवकास पाउने महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने भएको छ । ६० बर्ष उमेर पुगी अनिवार्य अवकास पाउने स्वयमसेबिकालाई मासिक १ हजार र ५ बर्ष सेवा गरि कारणबस अवकास लिनेलाई योगदानको सम्मन स्वरुप एकमुष्ठ रु १० हजार दिने छ । स्वास्थ्य शाखाले वडा नं. ६ दौघामा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको अनतरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले यस्तो घोषणा गर्नु भएको हो । कार्यक्रममा सबै वडाका स्वयमसेबिका जनप्रतिनिधी स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अनतरक्रियामा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको कामको…

स्वास्थ्य सेवाबारे प्रधानमन्त्री दाहाल द्वारा सचिवलाई ३० बुँदे निर्देशन

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पतालको स्तर खस्किएकोमा चासो व्यक्त गरेका छन् । सिंहदरबारमा सोमबार र मंगलबार सचिवहरुलाई निर्देशन दिदैं प्रधानमन्त्रीले सरकारी अस्पताल र सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको कारण खोज्नुपर्ने बताएका छन् । सचिवहरुलाई दिइएको ३० बुँदे निर्देशनको एउटा बुँदामा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर, सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ ।’ उनले अर्को बुँदामा सीमान्तकृत, श्रमजीवी र समाजको तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको १…

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित

स्वास्थ्यसमाचार/  सिद्धबाबा हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममाझ मदन भण्डारी स्पोर्टस एकेडेमीले डा. बस्नेतलाई सम्मानित गरेको हो । एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एकेडेमीका संरक्षकसमेत रहेका प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मानपत्रसहित सम्मानित गरेका थिए । मदन भण्डारी स्पोर्टस एकेडेमीले ‘सबैका लागि खेल’ भन्ने नाराका साथ आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषा किरण भण्डारी रहेकी थिइन् । साथै, उक्त कार्यक्रममा खेलाडी,…

साढे २ करोड लागतमा कोहलपुरमा आयुर्वेद अस्पताल सञ्चालन हुँदै

शुभाकर विश्वकर्मा नेपालगञ्ज । बाँकेको कोहलपुरमा सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालन हुने भएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरमा अगुवाईमा निर्माण भएको अस्पताल आगामी फागुनदेखि सञ्चालनमा आउने भएको हो । अध्यक्ष नमप्रसाद शर्माका अनुसार अस्पताल सञ्चालनको लागि भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको छ । समाजको आगामी सात कार्ययोजना मध्ये आयुर्वेद तथा प्राकृतिक सञ्चालन प्रमुख प्राथमिकताको रुपमा रहेको उहाँले बताउनुभयो । ‘तत्कालका लागि अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण भएको छ । फागुनबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्यसको लागि आवश्यक पूर्वाधार तथा जनशक्ति…