स्वास्थ्यसमाचार/नेपालमा हृदयाघात, मस्तिष्कघात, क्यान्सर जस्ता नसर्ने रोगहरू अत्यधिक मात्रामा बढ्दै गएको र युवा अवस्थाको मृत्युदरमा वृद्धि भइराखेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ । राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले केही वर्षयता अस्वस्थकर जीवनशैली, धुम्रपान, मद्यपान र चिल्लो पदार्थयुक्त खानपानका कारण विश्वमा बर्सेनि पाँच लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको जनाउँदै नेपाली जनता विशेष गरी युवापिढीलाई जोगाउन खाना माट्रान्स फ्याट ९हानिकारक चिल्लो पदार्थ०को मात्रालाई नियन्त्रण गर्नु अति आवश्यक भएको जानकारी गराएको छ । प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा ‘ट्रान्स फ्याट धेरै भएका खानेकुराहरू सकेसम्म खाँदै नखाऔं’, भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारणमा पुर्याउने दृष्टिकोणले प्रतिष्ठानका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
११२ वर्षपछि लुम्बिनी प्रादेशिक अस्पताल उपचार र पूर्वाधारमा छलाङ
स्वास्थ्यसमाचार/पश्चिम नेपालकै सबैभन्दा जेठो स्वास्थ्य संस्था बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले उपचार र पूर्वाधारमा छलाङ मारेको छ । एक सय १२ वर्षअघि श्री ३ चन्द्रशमसेर राणाले सेनवंशी राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवलस्थित फूलबारी पार्कमा बटौली डिस्पेन्सरीको नामले सो अस्पतालको बीउ रोपेका थिए । त्यसयता अस्पतालले धेरै खालका उतारचढाव पार गरेको छ । तर अस्पतालले देखिने गरी मुहार फेरेको भने पछिल्लो दुईरचार वर्ष भयो। प्रदेश सरकारले अस्पताललाई गौरवको नै अयोजनाको रुपमा अगाडि बढाउने निर्णय गरेको छ । अस्पताल स्थापना भएको एक सय वर्ष अर्थात् २०६७ सालसम्ममा अस्पतालमा एक सय ५१…
नेपालमा अझै ८८ लाख डोज कोरोनाविरुद्धको खोप आवश्यक
स्वास्थ्यसमाचार/ सरकारले नेपालमा अझै ८८ लाख भन्दा बढी कोरोना भाइरसविरुद्धको खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । बुस्टर खोप लगाउन ८८ बढी खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना, फाइजर र जोन्सन एण्ड जोन्सन गरी विभिन्न माध्यमबाट चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ । कुन कुन खोप पाइप लाइनमा ? स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका…
लुम्बिनी प्रदेशका १८ अस्पतालमा विकास समिति अध्यक्ष नियुक्त
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा जिम्मेवारी प्रदान गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए । प्रवक्ता तिलकराम शर्माले लुम्बिनी प्रदेशका विभिन्न अस्पतालहरुमा अस्पताल विकास समिति अध्यक्षहरु समेत नियुक्त गर्ने निर्णय गरेको बताए । जस अनुसार रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद…
लुम्बिनी प्रदेशको बाँके जिल्ला कुष्ठरोगको ‘रेड जोन’मा
स्वास्थ्यसमाचार/बाँके कुष्ठरोगको रेड जोनु रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना ९साउनदेखि पुससम्म० मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल…
सैनामैना नगरपालिका कोरोना विरुद्धको खोप सुनिश्चितता नगर घोषणा
स्वाथ्यसमाचार/ सैनामैना नगरपालिका कोरोना विरुद्धको खोप सुनिश्चितता युक्त नगर घोषणा भएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोभिड विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिकाका पूर्ण खोप सुनिश्चिततायुक्त स्थानीय तह बनेको हो । सैनामैनामा १२ वर्षमाथिका ७१ हजार ५ सय १० जनसंख्या रहेको नगरपालिकामा लक्षित उमेर समूहका सबैले कोभिडविरुद्धको दुबै मात्रा खोप लाएपछि नगरलाई पूर्ण खोप सुनिश्चिततायुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका ६७ हजार ५ सय ९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा ३ हजार ९ सय १३ जना नागरिक छुटेको पाइएपछि उनीहरु समेतलाई पूर्ण मात्रा खोप लगाएपछि…
तिलोत्तमानगरपालिकाले गर्याे पूर्णखोप सुनिश्चितता घोषणा सार्वजनिक
स्वाथ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । आइतबार गरिएको घोषणालाई सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सार्वजनिक गर्नुभएको हो । नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार तिलोत्तमालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले तिलोत्तमाले नगरलाई पूर्णखोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताउनुभयो । तिलोत्तमाले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता…
तिलोत्तमा बन्यो पहिलो कोरोना विरुद्धको खोप सुनिश्चित पालिका
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा मुलुककैं पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता भएको नगरपालिका बनेको छ । तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् । नगरपालिकाले आह्वान गरेको सूचनाअनुसार छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो…
लुम्बिनी प्रादेशिक अस्पतलालाई गौरवको अस्पतालका रुपमा विकास गरिन्छ: मुख्यमन्त्री केसी
स्वास्थ्यसमाचार /बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने बताउनु भयो । आईतबार १ सय १२ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको रुपमा सेवा प्रदान गर्ने दाबी गर्नुभयो । अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको मन्त्री केसीले बताउनु भयो । उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु…
राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशन चैत्र २५ देखी हुने
स्वास्थ्यसमाचार/नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ। शुक्रबार काठमाडौंमा भएको संघको केन्द्री समितिको बैठकले आगामी चैत २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो। संघका केन्द्रीय सचिव हिमालय तिवारीका अनुसार बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति समेत तोकेको छ।शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको हलमा भएको बैठकमा नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रमुख रचना खड्का लगायतको उपस्थिति थियो। संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ। संघको…