टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा पूर्व प्रधानमन्त्री ओली भर्ना

स्वास्थ्यसमाचार/पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबार बिहान पक्राउ परेका ओलीलाई शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । यो बेड मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई राख्ने बेड हो ।

ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । ‘आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि भर्ना गरिएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।

ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :