स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय: क्यान्सर रणनीति स्वीकृत गर्ने

स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदाभारग्रहण गर्नुभएको छ । आज दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएका मन्त्री पौडेलले मन्त्रालय पुगेर केही बेरअघि जिम्मेवारी सम्माल्नुभएको हो ।

जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्रीले पौडेलले सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताउनुभयो । आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सवै ऊर्जा लगाउने प्रतिवद्धता पनि मन्त्री पौडेलले जनाउनुभयो ।

स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलले बताउनुभयो । एक सातामा अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभएको छ । तत्काल कोही कर्मचारीको सरुवा नहुने पनि मन्त्री पौडेलले बताउनुभयो ।

पदभार ग्रहण गर्ने क्रममा मन्त्री पौडेलले स्वास्थय सचिवले उठाउनुभएको निर्णयका टिप्पणीमा हस्ताक्षर गर्नुभयो । देशभरका अस्पतालमा गरिने उपचारमा एकरुपता कायम गर्ने गरी काम गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृतको निर्णय पौडेलले गर्नुभएको छ।

सम्बन्धित शिर्षक :