स्वास्थ्यसमाचार/स्वास्थ्य समाचार रुपन्देहीको देवदह नगरपालिका वडा नं २ लाई पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको छ । देवदह नगरपालिका वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा हुने देवदहको पहिलो वडा हो । देवदह २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको हो। देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिका जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत देवदह वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । कुनै पनि…
समाचार
रक्षाआयुर्वेदको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा जनचेतना मुलक कार्यक्रम
स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा आयुर्वेद जिबन शैली र उपचार स्वस्थ र दीर्घायु जीबनको आधार भन्ने मुल नाराका सहित स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो। राष्टिय आयुर्वेद एसोसियसन नेपाल र रक्षा आयुर्वेद औषधालयको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ९को शंकरपुरमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको हो। रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालका अनुसार औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने उदेश्य स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो। ६० जना सहभागी शिविरमा औषधीको सेबन गर्ने र जिबन शैली…
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, सतर्क रहन आग्रह
स्वास्थ्यसमाचार/छिमेकी देशमा फैलिएको कोरोनाको नयाँ सब-भेरियन्टमा नेपालमा पनि देखा परेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा कोभिड – १९ अन्तरगतको ओमिक्रोनको भेरियन्टको सब भेरियन्टमा जेएन.१ देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी विज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका १६ जना संक्रमित व्यक्तिको नमूनालाई जिन सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा सव भेरियन्टमा जेएन.१ देखिएको उल्लेख छ । यो सब भेरियन्टमा नेपालमा पहिलो पटक भेटिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले नयाँ सव भेरियन्टमा देखिएसंगै नाकामा सतकर्ता अपनाएको भन्दै व्यक्तिहरुलाई पनि सतर्क…
सर्लाहीमा अस्पतालका विषयमा विवाद हुँदा झडप, एकको मृत्यु
स्वास्थ्यसमाचार/सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो। सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए । टाउकामा गोली लागेका साहको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दियो। अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ। प्रदर्शनकारीले गाडीमा समेत आगजनी गरेको बताइएको छ। अवस्था अझै साम्य भइनसकेको प्रहरीले जनाएको छ। किन…
बोली ब्यवहार सुधार होला लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीको?
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा अस्पतालमा आउने सेवाग्राहीसँग बोलीचाली सुधार गर्ने उदेश्यले सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे दुई दिने तालिम सम्पन्न भयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी काम गर्न निर्देशन दिए । अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिङ्गो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना हुने बताउँदै मेसु थापाले नम्र बोली र सम्मानसहित व्यवहार गर्न आग्रह गरे । सेवाग्राही सँगको अन्तर सम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी सहजीकरण…
बाल स्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार हुदैन :स्वास्थ्य मन्त्री खनाल
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागी स्थानिय सरकारसँग मिलेर काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरिय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री खनालले नागरिक स्थानिय सरकारसँग प्रत्यक्ष रुपमा जोडिने भएकाले स्थानिय सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्नुभयो । मन्त्री खनालले स्थानिय तहलाई उनीहरुको क्षेत्रको पोषणको अबस्थाको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गर्नुपर्ने बताउनु भयो । बालस्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार ल्याउन नसकिने…
बीमा क्षेत्रमा समस्या भए फुकाउँदै अघि बढ्न सकिन्छ :अध्यक्ष डा.लोहनी
स्वास्थ्यसमाचार /स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बीमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले बीमा गर्नेको संख्या बढाउँदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिए । बुटवलमा स्वास्थ्य बीमा बोर्डले गरेको कार्यक्रममा बीमालाई माया गर्नुपर्ने र सकरात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बीमा क्षेत्रमा समस्या भए अप्ठ्यारो फुकाउँदै अघि बढ्न सकिने बताए । उनले अस्पतालहरुले बिरामी रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न सुझाव दिए । बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समिक्षा गरिने…
अस्पतालको पुरानो संरचना, र दरवन्दीले सेवालाई प्रभावकारी वनाउन चुनौती :स्वास्थ्यमन्त्री खनाल
स्वास्थ्यसमाचार/ स्वास्थ्य विमाको पहुच बढाउदै लैजानुवर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागिहरुले स्वास्थ्य बीमा कार्यक्रममले गरिब तथा पिन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुच अझ बढाउदै लैजानुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा वोल्दै प्रदेशका स्वाथ्यमन्त्री राजु खनालले विमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बतायो। अस्पतालको पुरानो संरचना,पुरानो दरवन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको मन्त्री खनालको भनाई छ । स्वास्थ्य वीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै…
लुम्विनी प्रदेशमा ७९ प्रतिशत स्वास्थ्य विमाको पहुँच बाहिर
स्वास्थ्यसमाचार/स्वास्थ्य विमाको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमा कार्यक्रमले गरिब तथा पिन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुँच अझ बढाउँदै लैजानुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा वोल्दै प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले वीमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बताए । अस्पतालको पुरानो संरचना, पुरानो दरबन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको बताए ।स्वास्थ्य वीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै रकम पाउन नसकेको…
लुम्बिनी प्रदेशमा २१ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमाको पहुँचमा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन । बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक बहादुर साउदले बताउनु भयो। स्वास्थ्य बीमा बोर्ड लुम्बिनीका प्रमुख साउदका अनुसार कुल जनसंख्याको २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएको बताउनु भयो। उहाँले बीमामा समस्यै समस्या रहेको बताउनु भयो । के के अभाब रहेको छ…