बुटवल कोरोना विशेष अस्पतालमा १०बेडको आईसियु र ल्याब बनाउने

स्वास्थ्यसमाचार/ बुटबलको धागोकारखानामा बनाईएको बुटवल कोरोना विशेष (अस्थायी ) अस्पतालमा १० बेडको आईसियु र अस्थायी ल्याब बनाउने निर्णय भएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी अध्यक्षतामा बैठक बसि उक्त निणर्य गरिएको छ । उक्त बैठकमा छिटो आईसियु संञ्चालन गर्ने गाईडलाईन बनाउने १० बेडको आईसियु संञ्चालनका लागी ठाउको अबस्था, पिपिइ, माक्स, ग्लोब्स लगायत अन्य मडिकल सामाग्रीहरुको व्यवस्थापन गर्ने बिषयमा छलफल भएको थियो । बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक्तमा समिति गठन गरिएको छ ।समितिका सदस्यमा बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सदस्य तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरे, प्रमुख…

जोखिम मोल्दै स्वास्थ्यकर्मी, ‘कोरोना युद्ध’ जित्न खोज्दैछ सरकार

काठमाडौं /सरकारले सिंगै मुलुक कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको घोषणा गरिसकेको बेला बिरामीको उपचारमा प्रत्यक्ष जोडिने स्वास्थ्यकर्मीहरु सुरक्षित कति सुरक्षित छन् ? यो पनि बहसको विषय बनेको छ । सरकारकले स्वास्थ्यकर्मीहरु सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मीले भने जोखिम मोल्दै काम गर्न विवश रहेको बताइरहेका छन् । कति छन् स्वास्थ्यकर्मि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ३१ हजार ५९१ दरबन्दी कायम रहेको छ । जसअन्तर्गत ४ हजार जनशक्ति रिक्त छ । सरकारले जनशक्ती थप नगरेको १५ वर्ष बढि भइसक्यो । निकै कम जनशक्तीको भरमा स्वास्थ्य क्षेत्र गुज्रिरहेको छ । अभाव के…

लुम्बिनी प्रादेशिक अस्पतालबाट सबैतहका सेवा दिनेब्यबस्था मिलाउछौ :मन्त्री गिरी

स्वास्थ्यसमाचार /प्रदेश ५का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले लुम्बिनी प्रादेशिक अस्पतालबाट सबै तहका सेवा दिने ब्यबस्था मिलाउने बताए ।उपचारका लागी काठमान्डौ धाउने र वाहिर जाने ब्यबस्थाको अन्त्य गर्न प्रदेशसरकार ले गौरबको योजना बनाएर सुबिधा सम्पन्न अस्पताल बनाउन लागेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालको एक सय १०औ बार्षिक उत्सब साप्ताहब्यापी कार्यक्रमको को समापन समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले संघियता कार्यन्यन भएपनि कर्मचारीको मानसिकताको परिबर्तन नभएकोले परिर्बतन आबश्यक रहेको बताए । उनले गलत कामको प्रतिस्पर्दा होईन राम्रा काम को प्रतिस्पर्र्धा गर्नु पर्ने बताए । मन्त्री गिरीले उपचार गर्न नसक्नेले…

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बिरामीलाई फलफुल बितरण

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाइ निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत आज अस्पतालका भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । उनले अस्पतालमा भर्ना भएका करिव ३ सय बिरामीलाई फलफुल बितरण गरिएको बताए । सप्ताहव्यापी कार्यक्रमको सुरुमा अस्पताल परिसमा सरसफाई, दोश्रो दिन फुटबल र तेश्रो दिन अस्पतालमा फलफुल वितरण गरि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको पनि अस्पतालका नर्सिड…

शिवजीको मन्दिर गएनौ बिरामीको सेवागर्ने मन्दिर सरसफाईमा छौ

स्वास्थ्यसमाचार/ घाटीमा एथेस्कोप उनि सेतो एप्रोनमा बिरामीको सेवामा खटीने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्सहरु आज भने हातमा पंञ्जा झाडु समातेर सरसफाई गरिरहेको थिए । पुर्वपश्चिम राजमार्गको छेउमै रहेको अस्पताल परिवरि हातमा झाडु बोकेर सरसफाई गरेको देख्दा सडको छेउछाउमा हिडने गाडिमा गुडने सबैको ध्यान उनीहरु तर्फ देखिन्न्यो ।अस्पतालका मेसु डा राजेन्द्र खनाल भन्दै थिए आज शिबरात्री भएपनि मन्दिरमा नगएर बिरामीको सेवागर्ने मन्दिर सफागर्न लागेको बताए । लेखा अधिकृत अबदुल गफफार खाँ भन्दै थिए सधै बिरामीकोमात्र उपचार गर्ने अस्पताल परिसमा आज अस्पतालको उपचार भैरहेको बताए । अस्पताल सफारहे अस्पतालमा आउने बिरामीलाई…

हेलिप्याड सहित सुबिधा सम्पन्न बन्दै लुम्बिनी प्रादेशिक अस्पताल

स्वास्थ्यसमाचार / बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन १० तलाको निर्माण हुने भएको छ । नयाँ भवन निर्माणका लागि सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तीम चरणमा पुगेको छ । नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको ड्रोईङ र डिजाइनबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ । छलफलमा मुख्यमन्त्री शंकर पोखरेल सहित आन्तरिक मामिला तथा कानुन, भौतिक पुर्वाधार, सामाजिक बिकास मन्त्री तथा बुटवल उपमहानगरपालिकाका प्रमुख, योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायधिबत्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक…

दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…

कोरोना प्रभाबित चिनबाट जनशक्ति नआउदा गौतमबुद्ध विमानस्थलको निमार्ण कार्य प्रभावित

स्वास्थ्यसमाचार । रुपन्देही, २९ माघ । चीनबाट फैलिएको कोरोना भाईरसको प्रभाव भैरहवामा निर्माणाधिन अन्र्तराष्ट्रिय गौतम बुद्ध बिमानस्थललाई पनि परेको छ । कोरोनाकै कारण अहिले जुन गतिमा बिमान स्थल निर्माण हुनुपर्ने त्यो गति लिन नसकेको बिमान स्थल निर्माण परियोजनाले जनाएको छ । निर्माणको लागी आवश्यक प्राविधिक जनशक्ति चीनबाट आउन नसक्दा बिमानस्थलमा उपकरण जडानको काम प्रभावित भएको छ । निर्माणको अन्तिम चरणमा रहेको बिमानस्थल कोरोना भाईरसको प्रभाव यस्तै रहने हो भने थपिएको म्यादभित्र सम्पन्न गर्न कठिनाई आउन सक्ने आयोजनाको भनाई छ । आईसीबी–२ अन्र्तगतका करिब ९५ प्रतिशत उपकरण तथा आईसीबी–१ अन्र्तगतको ८५…

शुन्य पोलिथिन घोषणा मात्र होइन,कार्यान्वयन पनि कडाइपुर्वक :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले थालेको खुला शुन्य पोलिथिन अभियान अन्तर्गत शनिबार ३६ मौजा नहर सफाई गरिएको छ । ३६ मौजा सिंचाई प्रणालीको अगुवाइमा सयौं किसानहरुले नहर सफाई गरेका हुन् । नहरसफाई कार्यक्रमको उदघाटन योगिकुटीमा नगरप्रमुख वासुदेव घिमिरे र जमुहानीमा उपप्रमुख जगेश्वरदेवी चौधरीले गरेका थिए । ३६ मौजा सिंचाई प्रणाली अन्तर्गत करिव ३५ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ । कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्नेगरी नगरपालिकाले थालेको अभियानलाई साथ दिंदै किसानहरु आफै नहरभित्र पसेर फोहर संकलनमा जुटेका हुन् । ३६ मौजा अन्तर्गतका सातवटा क्षेत्रमध्ये वडा नम्बर १ र २ को योगीकुटी,…

कोरोनाको लागी सर्तकता बढाईयो, बेलहिया सीमामा दुवै तर्फ हेल्थ डेस्क

स्वास्थ्यसमाचार /चीनबाट फैलिदै गएको कोरोना भाईरसको जोखिममा नेपाल पनि पर्ने भएकोले सीमामा सर्तकता अपनाउन थालिएको छ ।स्थल नाका हुदै सबै भन्दा बढी पर्यटक भित्रयाउने बेलहिया सीमा नाकामा कोरोनाबारे चेकजाँच तथा यसको सचेतनाको लागी हेल्थ डेस्क स्थापना गरिएको छ । यस्तै भारतले पनि आफ्नो देशमा आउने बिभिन्न पर्यटकहरुलाई लक्षित गरि हेल्थ डेस्क स्थापना गरेको छ ।बेलहिया/सुनौली नाका भएर दैनिक सयौको संख्यामा पर्यटक आवागमन हुने भएकोले यस क्षेत्रमा सर्तकता बढाइएको हो ।भारतमा गत मंगलबार देखी नै हेल्थ डेस्क राखी सेवा प्रदान भई रहे पनि नेपाल तर्फ बिहिबारबाट मात्रै यो सेवा राखिएको छ…