पिपिई नहुुँदा चिकित्सक त्यसको सट्टामा रेनकोट प्रयोग गरेर काम गरेका छौ :डा सुुदर्शन थापा

सुुरक्षाका साधनविनै काम गर्ने डाक्टर र उसको टिमलाई राज्यले आत्मबल बढने गरी प्याकेज पनि ल्याउनुुपर्छ

स्वास्थ्यसमाचार/ अहिले डा. सुुदर्शन थापालाई एक छिन पनि फुुर्सद छैन । वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. थापाको पेशा उही तर, जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ ।

बिहान पाँचबजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थुुचुुक्क बस्ने अवस्था छैन । कारण हो, हालै विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र त्यसको उपचारका लागि लुुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्सन तथा मेडिकल विभाग प्रमुुखको जिम्मेवारी उनलाई छ । डा. थापाले यो जिम्मेवारीलाई चुुनौतीसँगै अवसरको रुपमा पनि लिएका छन् ।

उनीलाई अहिले आफूू सहित आफ्नो नेतृत्वमा रहेको चिकित्सकीय टिमलाई आत्मबल बढाएर काम गनुुपर्ने जिम्मेवारी पनि छ । डा. थापा भन्छन्, ‘काम उही हो तर, जिम्मेवारी थपिएको छ ।

अभावकाबीच कोरोना संक्रमणको शंंका लागेर अस्पताल आएका विरामीहरुको उपचारमा खटिएको छ । तर, राम्रोपक्ष अहिलेसम्म यहाँ कुुनै पनि बिरामीमा पोजेटिभ रिपोर्ट देखिएको छैन । अत्यावश्यक उपकरण बिना नै जोखिम मोलेर काम गरेका छौं ।’

उनलाई अहिले दैनिक १०० भन्दा बढी फोनले आउँछ । के भइरहेको छ कस्तो छ तयारीदेखि कोरोना संक्रमितको आशंका गरिएको विरामीको रिपोर्ट के आयो, नयाँ विरामी आएका छन कि छैनन, भनेर पत्रकार, मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत कर्मचारी, मन्त्रीदेखि अस्पतालका चिकित्सकहरुको ।

उनी लुुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चेकजाँच गर्छन । त्यसपछि बुुटवल–१० रामनगरमा रहेको कोरोना विशेष अस्पतालमा पुुग्छन । त्यहाँ प्रत्येक दिन आइसोलेनसनमा विरामी बढदै गएका विरामीको चेकजाँचमा खटिन्छन् । त्यहाँ के के आवश्यकता छन । आफ्नो नेतृत्वको टिमसँग छलफल गर्छन । दिनरभ त्यहीँ खटिन्छन । उनलाई अहिले खाना खाने फर्सुुद समेत छैन ।

उनी भन्छन्, ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले नेपाललाई पनि समातिसकेको छ । तर, हाम्रो देशमा अहिलेसम्म अन्य देशमा जस्तै संक्रमण व्यापक रुपमा देखिएको छैन । तर, कुुनै पनि बेला यसले ठूूलो प्रकोपको रुप नलेला भन्न सकिन्न । त्यसैले नागरिकहरु घरमै बस्नुुहोस । यसको जोखिम न्यूूनीकरण गर्न सहयोग गनुुुहोस् ।’

डा. थापाले देशभरका कोरोनाको क्षेत्रमा काम गर्ने चिकित्सकहरुमा अत्यावश्यक तयारी सामग्रीबिनै काम गर्न बाध्य भएको गुुनासो समेत गरे । उनले भने, ‘स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गनुुपर्ने पर्सनल प्रोटिक्टभ इक्युुपमेन्ट (पिपिई) को चरम अभाव छ । पिपिईबिना नैं हामी उपचारमा काम गनुुपर्ने अवस्था छ ।’

हामी अभावका बीच जनताको जीवनरक्षाका लागि पिपिई नपाएपछि प्लाष्टिकको ‘रेनकोट’ लगाएर काम गरिरहेका छौं । जतिसक्दो राज्यले कोरोनाका बिरामीको लागि उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको टिमलाई पिपिई उपलब्ध गराउनुुप¥यो ।’

बुुटवलमा मात्रै दैनिक ६ वटासम्म पिपिई आवश्यक छ । तर, एउटा पनि पिपिई नहुुँदा चिकित्सक त्यसको सट्टामा रेनकोट प्रयोग गरेर काम गरिरहेका छन् ।
गएको फागुुन २९ गते बुुटवलका एक युुवालाई कोरोना भाइरसका विरामीसँग मिल्दाजुुल्दा लक्षण देखिएपछि बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरियो । अस्पतालमा भागाभागको जस्तै स्थिति बन्यो ।

 

तर, थापाले उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै उपचारमा खटिए । तर, ती बिरामीमा कोरोनाको संक्रमण देखिएन । उनले भने, ‘पहिलो संका लागेर आएको विरामी आउँदा त्रासको वातावरण थियो । विस्तारै सिस्टरहरुलाई पनि बुुझाउँदै आत्मबलका साथ काममा खटाइएको छ । दोस्रो, तेस्रो संकामा आएका विरामीको उपचार गरेपछि निधक्क भएर काम गरिएको छ मनको डर हटदै गएको पनि छ ।’

‘जोखिमपूूर्ण काममा खटिने चिकित्सकहरुलाई राज्यले प्रोत्साहन गर्ने प्याकेज ल्याउनुुपर्ने बताए । उनले भने, ‘सुुरक्षाका साधनविनै काम गर्ने डाक्टर र उसको टिमलाई राज्यले आत्मबल बढने गरी आर्थिकदेखि अन्य प्याकेज पनि ल्याउनुुपर्छ ।

जसले गर्दा हामीलाई काम गर्न हौसला बढछ ।’ डा. थापासँग २० जनाको टिम छ । बुुटवलको कोरोना विशेष अस्पतालमा ६ जना विरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । भने, ८ जना संकास्पद विरामीको स्वाब परिक्षण गर्दा नगेटिभ रिपोर्ट आएपछि उनीहरु घर फर्किसकेका छन् ।

उनले प्रदेशको तयारी कम रहेको बताउँछन । महामारीले प्रकोपको रुपमा लियो भने हाम्रो तयारीले धान्न सक्ने अवस्था नरहको उनको बुुझाइ छ । ‘हाम्रो तयारी कम छ । यसलाई अझै बढाउनुपर्छ’ उनले भने । यहाँ सञ्चालित निजी हस्पिटलहरुले ज्वरो आएको विरामीलाई हेर्दै नहेनु दुुखद रहेको थापा बताउँछन ।

ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नुु गलत हो । कोरोनाबाट बच्च भीडभाडमा नजाने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कनै पर्ने भए राम्रो खालको सेनिटाइजर प्रयोग गर्ने, पटक पटक साबुुनपानीले २० सेकेण्डसम्म मिचेर हात धुुने, हाच्छयुु गर्दा राम्रो रुमालको प्रयोग गर्ने, हातले नाक, मुुख र आँखालाई नछुुदा यसको जोखिमबाट बच्च सकिने बताए ।

उनले १०४ फरेनाइटसम्म ज्वरो आउने, सुुख्खा खोकी, लाग्ने शरीरमा थकानको महशुुस भए तत्काल नजिकैको चिकित्सकसँग पुुग्नुुपर्ने डा. थापाको सुुझाव छ ।
गुुल्मी पौदी अमराईमा जन्मिएका थापाले रुपन्देहीको भैरहवास्थित इन्द्रराज्यलक्ष्मी माविबाट २०५१ मा एसएलसी गरे ।

काठमाडौंस्थित नेपाल साइन्स क्याम्पसबाट आइएसी गरे । त्यपछि चितवनको भरतपुुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा छात्रवृत्ति कोटामा अध्ययन पूूरा गरे । त्यपछि २०६१ मा पहिलो पटक सरकारी सेवामा गुुल्मी अस्पतालबाट आफ्नो सेवा सुुरु गरे । त्यसपछि काठमाडौंको वीर अस्पतालबाट ३ वर्ष काम गरेर एमडी गरेर लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ६ वर्षदेखि कार्यरत छन् । अहिले ४१ वर्षिया डा.थापा भैरहवामा बस्छन ।

सम्बन्धित शिर्षक :