बुटवल कोरोना विशेष अस्पतालमा १०बेडको आईसियु र ल्याब बनाउने

स्वास्थ्यसमाचार/ बुटबलको धागोकारखानामा बनाईएको बुटवल कोरोना विशेष (अस्थायी ) अस्पतालमा १० बेडको आईसियु र अस्थायी ल्याब बनाउने निर्णय भएको छ ।

उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी अध्यक्षतामा बैठक बसि उक्त निणर्य गरिएको छ । उक्त बैठकमा छिटो आईसियु संञ्चालन गर्ने गाईडलाईन बनाउने १० बेडको आईसियु संञ्चालनका लागी ठाउको अबस्था, पिपिइ, माक्स, ग्लोब्स लगायत अन्य मडिकल सामाग्रीहरुको व्यवस्थापन गर्ने बिषयमा छलफल भएको थियो ।

बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक्तमा समिति गठन गरिएको छ ।समितिका सदस्यमा बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सदस्य तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरे, प्रमुख जिल्ला अधिकारी महादेव पन्त सामाजिक बिकास मन्त्रालयका स्वास्थ माहाशाखा प्रमुख उमासंकर प्रसाद चौधरी  रहेका छन ।

त्यस्तै सदस्यमैदेवदह मेडिकल कलेजका प्रमुख डा बिक्रम ज्ञाबली र सदस्य सचिव लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र विशेष आमन्त्रित अर्थ,उद्योग,पर्यटन समिति सभापति माननीय दधिराम न्यौपाने, माननीय भोज प्रसाद श्रेष्ठ लुम्बिनी प्रादेशिक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सुर्य बहादुर भट्टराई रहेका छन।

अवलोकन पछि उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी सहितको टोलीले क्वारेन्टाइनमा रहेको बिरामीको अवस्था बारे जानकारी लिएको थियो अहिले बिरामी संख्या ३ जना मात्रै र १ जना नेगेटिभ २ जनाको रिपोर्ट आउन बाकी रहेको सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले बताए ।

डा चौधरीले भने नबलपरासीका २१ बर्षिय दिनेश चौधरीको कोरोना नेगेटीभ आएको र उनको अबस्था सुधार भैरहेको बताए । डा चौधरीले भने हाम्रो लागी निकै खुसीको कुरा चौधरीको अबस्था अत्यन्तै नाजुक थियो अहिले सुधार भैरहेको छ ।

सम्बन्धित शिर्षक :