कोरोना प्रभाबित चिनबाट जनशक्ति नआउदा गौतमबुद्ध विमानस्थलको निमार्ण कार्य प्रभावित

स्वास्थ्यसमाचार ।

रुपन्देही, २९ माघ । चीनबाट फैलिएको कोरोना भाईरसको प्रभाव भैरहवामा निर्माणाधिन अन्र्तराष्ट्रिय गौतम बुद्ध बिमानस्थललाई पनि परेको छ । कोरोनाकै कारण अहिले जुन गतिमा बिमान स्थल निर्माण हुनुपर्ने त्यो गति लिन नसकेको बिमान स्थल निर्माण परियोजनाले जनाएको छ ।
निर्माणको लागी आवश्यक प्राविधिक जनशक्ति चीनबाट आउन नसक्दा बिमानस्थलमा उपकरण जडानको काम प्रभावित भएको छ । निर्माणको अन्तिम चरणमा रहेको बिमानस्थल कोरोना भाईरसको प्रभाव यस्तै रहने हो भने थपिएको म्यादभित्र सम्पन्न गर्न कठिनाई आउन सक्ने आयोजनाको भनाई छ ।
आईसीबी–२ अन्र्तगतका करिब ९५ प्रतिशत उपकरण तथा आईसीबी–१ अन्र्तगतको ८५ प्रतिशत बढी सामान आईसकेको छ । दक्ष प्राविधिक जनशक्तिकै अभावमा सो उपकरणहरु जडानमा चुनौती थपिएको छ ।
गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा अहिले जम्मा १ सय ८५ जना कामदारले निर्माणको काम गरिरहेका छन । ४० जनाको चिनिया कामदारको टोली अहिले फिल्डमा हुनु पर्नेमा २० जनामा रहेकोले उपकरण जडानमा समस्या देखिएको छ ।
यसको साथै चीनबाट आयात गर्नुपर्ने उपकरणहरु ल्याउन चुनौती थपिएको विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले बताए ।
उनले अहिले चीनबाट हवाई उडान हुननसक्दा रनवेमा प्रयोग हुने केही बत्ती तथा ब्यागेज ह्याण्डिलिङ सिस्टम आउन नसकेको बताए । ३१ डिसेम्बर २०१४ मा काम शुरु भएको आयोजनाको सूरुवाती चरणमा केही ढिलो भएपनि पछिल्लो २ वर्षमा गतिलिएको छ ।
बिमानस्थलको रनवेको काम करिब सकिएको छ । यस्तै एप्रोनको कामपनि सकिएको छ भने फिनिसिंङको काम ४ प्रतिशतमात्र बँंकी रहेको छ ।
विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले भने आयोजना अहिले पनि थपिएको म्यादमा सकिने सम्भावना रहेको बताए ।

उनले मार्चको मध्य सम्मपनि चीनबाट आउने समान र जनशक्ति आउन सके पनि मार्चको अन्तिम सम्ममा बिमानस्थललाई आवश्यक सञ्चालन योग्य भौतिक संरचना तयार गर्न सकिने दावी गरे ।
यस अघि ३ पटक म्यादथप गरी सकेको विमानस्थलले चौथो पटक मार्च ३१ २०२० सम्मको लागीपुनःम्याद थपिएका छ ।
सरकारले ६ अर्ब ८२ करोड रुपैयाँमा ‘आइसिबी–एकाई अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनलभवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो ।
यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी ५० करोड बिनियोजन भएको परियोजनाले जनाएको छ ।

सम्बन्धित शिर्षक :