स्वास्थ्यसमाचार / पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप प्रदान गरेसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिव डा .राजेन्द्र कुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप…
खोप
पाल्पाका नौं हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने
स्वास्थ्यसमाचार/ पोलियो बिरुद्धको खोपबारे पाल्पाका संचारकर्मी तथा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । २०७२ जेठ महिनादेखि २०७५ भदौं महिनासम्म खोप अभावका कारण पाल्पाका नौं हजार बढी बालबालिका पोलियो बिरुद्धको खोप लगाउन छुटेका थिए । ती बालबालिकालाई अहिले खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । विगतमा छुटेका बालबालिकालाई खोप लगाउने उद्देश्यले यही जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको डा. गिरीले जानकारी दिनुभयो । पाल्पामा नौं हजार…
रुपन्देहीका ७० हजार वालवालिका लाई आईपीभी खोप लगाइने
स्वास्थ्यसमाचार/रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपी भी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपी भी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म…
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए। उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए। यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन्। पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको…
देशभरिका १४ लाख ६२ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
स्वास्थ्यसमाचार/सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपीभी’ लगाइने उनको भनाई छ । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको डा.गौतमले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो । सन् २०१६ देखि…
सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध
स्वास्थ्यसमाचार/उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन्। उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन्। उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेश र काठमाडौं उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख…
रुपन्देहीमा ३ लाख ३१ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप
स्वास्थ्यसमाचार/रुपन्देहीमा जारी दादुरा, रुबेला खोप अभियान अन्र्तगत रुपन्देही जिल्लाका ३ लाख ३१ हजार ८ सय १८ जना बालबालिका हरु ले खोप लगाएका छन् । स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार २३ गते मात्रै २१ हजार ४ सय ६९ जनाले खोप लगाएका हुन । दोस्रो चरण को खोप अभियान अन्र्तगत विहिबार अन्तिम दिन रहेको छ । २४ गते विहिबार खोप अभियानको अन्तिम दिन भएको कारण खोप लगाउन छुटेका सबै ९ महिना देखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुले सम्बन्धीत खोप केन्द्र वा स्वाथ्य संस्थामा गएर खोप लगाउनको लागि स्वाथ्य कार्यालय…
रुपन्देहीमा पहिलो चरणको छैठौ दिनमा १०७ प्रतिशतले लगाए दादुरा–रुबेलाको खोप
स्वास्थ्यसमाचार /रुपन्देही जिल्लामा प्रथम चरणको दादुरा–रुबेला खोपको लक्ष्य २लाख ११ हजार ६८ रहेकोमा १८ गते सम्म २लाख १६ हजार ६४जना बालबालिकाले खोप लगाएका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणको खोप फागुन १३ देखी २० गते सम्म खोप लगाउने कार्यक्रम रहेको वताउनु भयो। उहाले १०७ प्रतिशतले खोप लगाएको बताउनु भयो। उहाले पहिलो चरणका पालिका मध्ये ७ पालिकामा भोली १८ गते र १ पालिकामा दिनमात्र बाकी रहेको बताउनु भयो। उहाले भन्नु भयो हाम्रो लक्ष्य भन्दा धेरै राम्रो भएको छ ।अब दोश्रो चरणमा पनि त्यहि अनुसार रहने…
रुपन्देहीमा पहिलो चरणको ५ औ दिनमा २ लाख बढीले लगाए दादुरा–रुबेला विरुद्धको खोप
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा प्रथम चरणको दादुरा–रुबेला खोपको लक्ष्य २लाख ११ हजार ६८ रहेकोमा १७ गते सम्म १लाख ९४ हजार ६सय ६१ जना बालबालिकाले खोप लगाएका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणको खोप फागुन १३ देखी २० गते सम्म खोप लगाउने कार्यक्रम रहेको वताउनु भयो। उहाले ९७ प्रतिशतले खोप लगाएको बताउनु भयो। उहाले पहिलो चरणका पालिका मध्ये ७ पालिकामा भोली १८ गते र २ पालिकामा २० गते एक दिनमात्र बाकी रहेको बताउनु भयो। उहाले भन्नु भयो हाम्रो लक्ष्य भन्दा धेरै राम्रो भएको छ ।अब दोश्रो चरणमा…
अर्घाखाँचीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुभारम्भ
स्वास्थ्यसमाचार/राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/०८१ एक कार्यक्रमका बिच शुभारम्भ भएको छ।अर्घाखाँची जिल्लामा १२८१० लक्षित बालबालिका लाई खोप लगाइने भएको छ, खोप लगाउनको लागी ३३१ खोप केन्द्र तोकिएको छ भने ३३१ खोप केन्द्रको लागी एक जना स्वास्थकर्मी तथा एक जना सहयोगी खटाइएको जनस्वास्थ अधिकृत शिव नेपालीले बताएका छन। जिल्ला सदरमुकाम सन्धिखर्क को टुँडिखेलमा रहेको बालमन्दिर बाट खोपको शुभारम्भ गरिएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख जिबनारायण कोइरालाले बालबालिकाहरु लाई खोप कार्ड दिएर शुभारम्भ गर्नु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमल राज…