प्यूठानमा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु

स्वास्थ्यसमाचार/प्यूठानमा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिएको छ । जिल्ला खोप समन्वय समिति प्यूठानले आज एक कार्यक्रमको आयोजना गरी अभियान शुभारम्भ गरेको हो । प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवंम प्यूठान नगरपालिकाका प्रमुख विष्णु योगीले यो अभियानलाई सफल र प्रभावकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । रुवेलाको महामारी नियन्त्रण गर्न यो अभियानलाई सार्थक बनाउनु सबै नागरिकको कतब्र्य तथा दायित्व भएको बताउनुभयो । यस्तै कार्यक्रम बोल्दै जिल्ला खोप समन्वय…

पाल्पामा पहिलो चरणको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

स्वास्थ्यसमाचार/पाल्पामा आजदेखि ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउन सुरु गरिएको छ। आजदेखि २६ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा २ सय ७९ खोप केन्द्र मार्फत १७ हजार ८ सय ४५ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले वताउनु भयो । जिल्लामा खोप अभियानको सुरुवात तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट सुरु गरिएको स्वास्थ्य कार्यलय पाल्पाले जनाएको छ। जिल्लामा पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, माथागढी…

पश्चिम नवलपरासीमा पहिलो चरणको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आज बाट सुरु भएको छ । पश्चिम नवलपरासीमा आज पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर ५ मा रहेको राजनारायण माविमा एक कार्यक्रमका बिच खोप कार्यक्रमको औपचारिक सुरुवात भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भौतिक यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपक, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतले खोप कार्यक्रम प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नवलपरासीमा पहिलो चरणमा सुनवल र रामग्राम नगरपालिका सहित पाल्हीनन्दन गाँउपालिकामा आज देखि फागुन १९ गते सम्म…

तिलोत्तमा यसरी शुरू भयो दादुरा रूबेला खोप अभियान (फोटो फिचर)

स्वास्थ्यसमाचार/आजबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गरेका हुन् । जनस्वास्थ्य निरिक्षक केशव भट्टराई र प्रवेश पौडेललाई भ्याक्सिन बक्स हस्तान्तरण गरेर अभियान थालिएको हो । नगर प्रमुख खाणले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्न प्रतिवद्ध रहे अनुरुप दादुराको महामारी आउन नदिन एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए । नगर उपप्रमुख चौधरीले यस अभियानमा नगरका १७ वडा स्वास्थ्य चौकी र निश्चित विद्यालयहरुमा ९ महिना देखि…

बुटवलमा यसरी शुरू भयो दादुरा रूबेला खोप अभियान ( फोटो फिचर )

स्वास्थ्यसमाचार/ बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगर पालिका का प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरे। उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए। उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे। उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक…

ओमसतियामा दादुरा रुबेला खोप अभियानको तिव्र प्रचार प्रसार

स्वास्थ्यसमाचार/ फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको तयारीले ओमसतिया गाउँपालिकामा तिव्रता लिएको छ । अभियानको क्रममा पालिकाका शत प्रतिशत बालबालिकालाई सहभागी गराउने उद्देश्य सहित यसको प्रचार प्रसार तिव्र बनाईएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित पालिका स्तरिय अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु अभियानका क्रममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अभियान सुरु हुनु अघि बालबालिका तथा उनीहरुका अभिभावकलाई जानकारी गराउन देखि अभियानका दौरान खोप केन्द्र सम्म उनिहरुलाई ल्याउन सहजीकरण गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बताए । खोप धेरै संवेदनशिल रहेको छ…

तिलोत्तमामा ४७ हजार वालवालिका लाई दादुरा–रुबेला खोप लगाइने

स्वास्थ्यसमाचार/ तिलोत्तमामा फागुन १३ गते देखी दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १३ फागुन देखि १७ गते सम्म खोप अभियान सञ्चालन हुने भएको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार तिलोत्तमामा ४६ हजार ७ सय ६० जना वालवालिका लाई खोप लगाउने तयारी गरिएको बताउनु भयो। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले एक शन्देश जारी गदै तिलोत्तमा नगरपालिका फाल्गुन १३ गते देखि १७ गते सम्म वडा नं. १–१७वडाका तोकिएको समयमा र स्थानमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएकोले आफ्ना ९ महिना देखि १५ वर्ष…

रुपन्देहीमा ३लाख १४ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

स्वास्थ्यसमाचार/ जन्मेको ९ महिनादेखि १५ वर्ष उमेर पूरा गरेका रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई यही फागुन १३ देखि २४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने भएको छ । यसका लागि रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र निर्धारण गरिएको छ ।२ हजार २ सय जना स्वास्थ्यकर्मीमार्फत जिल्लामा रहेका उक्त उमेर समूहका ३ लाख १४ हजार ७ सय ३८ जनालाई दादुरा रुबेलाको खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । दादुरा–रुबेला खोप अभियान २०८०/०८१ सम्बन्धी उक्त कार्यालयले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै रुपन्देहीमा २ चरणमा खोप लगाइने जनाएको छ ।…

रुपन्देहीमा दादुरा रुबेला खोप अभियान दुई चरणमा

स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । यहि फागुन १३ गते बाट सुरु हुने अभियान अन्र्तगत पहिलो चरणमा रुपन्देहीका ९ वटा पालिकामा १३ फागुन देखि १७ गते सम्म सञ्चालन हुने छन् भने दोस्रो चरणमा फागुन २० देखि २४ गते सम्म ७ वटा पालिकामा खोप अभियान सञ्चालन हुने भएको हो । स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी, शुद्धोधन(जम्मा ९ पालिका) र दोस्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरीमाई, मर्चावारी, कोटहिमाइ, मायादेवी(जम्मा ७ पालिका) मा खोप…

दादुरा–रुबेलाको खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गतेसम्म

स्वास्थ्यसमाचार/ सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रवक्ता डा बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । जाजरकोट र पश्चिम रुकुममा भने गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा…