स्वास्थ्यसमाचार/बर्दियामा होमो डायलाइसिस सेवा सञ्चालनमा आएको छ । डायलासिस मेसिन आएको लामो समय बित्दा पनि जनशक्ति अभावले सञ्चालन हुन नसेको सेवा आज देखि सञ्चालन भएको हो । डायलाइसिस सेवा सञ्चालन भएपछि बर्दिया जिल्लाबाट नेपालगन्ज कोहोलपुरलगायतका स्थानमा डायलाइसिस गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मिर्गौलाको समस्याबाट पीडित बिरामीहरू हप्ताको तीनपटकसम्म डायलाइसिस गर्नका लागि नेपालगन्ज, कोहलपुरलगायतका स्थानमा जाने गरेका थिए । बर्दियामा हाल करिब दुई सयजना नियमित डायलाइसिस गर्नुपर्ने मिर्गौला रोगी रहेको स्वास्थ्य कार्यालय बर्दियाको अनुमान छ। उनीहरू नेपालगन्ज, कोहलपुर, काठमाडौंलगायत भारतको विभिन्न स्थानमा उपचार गराइरहेका छन् । पहिलो दिनमै…
अस्पताल
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह
स्वास्थ्यसमाचार /स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ । कार्यालयले बैशाख १० गते पहिलो पटक सूचना प्रकाशित गरी ३५ दिने सूचना जारी गरी नविकरण तथा स्थापनाको लागि आग्रह गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली २०७७ (पाचौं संशोधन सहित) बमोजिम रुपन्देही जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको स्थापना, संचालन अनुमति प्रदान तथा नवीकरण स्वास्थ्य कार्यालयले गर्ने स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशन भएको…
नवौँ र दशौँ तहका १० जना चिकित्सकको सरुवा तथा पदस्थापन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ र दशौँ तहका चिकित्सक तथा नर्सिङ प्रशासक गरी कुल १० जनालाई सरुवा, कामकाज र पदस्थापन गरी नयाँ ठाउँमा पठाएको छ । मन्त्रालयको आइतबारको निर्णय अनुसार छ जनाको सरुवा, तीन जनाको पदस्थापन र एक जनालाई कामकाजमा नयाँ जिम्मेवारी तोकिएको हो । त्यसमा एक जना नर्सिङ प्रशासक छन् भने बाँकी सबै चिकित्सक हुन् । मन्त्रालयका अनुसार भेरी अस्पतालका इएनटी सर्जन दशौँ तह डा. रवि भुषण सुुवाललाई वीर अस्पतालमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्यको पुल दरबन्दीमा रही वीर अस्पतालमा कामकाजमा रहेकी एनेस्थेसियोलोजिष्ट दशौँ तह डा. लुना शर्मा…
निजीमा पूर्णकालीन काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको निगरानी
स्वास्थ्यसमाचार/बिदा स्वीकृत गराएर वा नगराएर निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाइएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपीलमा यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ । ‘प्रचलित कानून र…
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको काम शुरु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु भएको छ । प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम शुरु भएको हो । नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ । अस्पतालको पुरानो बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), अन्तरङ्ग (इन्डोर) सेवा रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन भत्काएर नयाँ संरचनाको काम थालिएको छ । दैनिक हजारौंको संख्यामा उपचारका लागि आउने अस्पताल भएकोले संरचना हटाउँदा धुलो तथा वायु प्रदूषण कम गर्न पानी छिटेर सुरक्षितसाथ काम गरिरहेको आयोजनाका साइड इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो ।…
स्वास्थ्य मन्त्रीको पहिलो निर्णय एकिकृत सूचना प्रणालीको स्थापना गर्ने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र कुमार पुनमगरले पदबहाली गरेका छन । उनले पदबहाली संगै पहिलो निर्णय समेत गरेका छन। स्वास्थ्य मन्त्रालयमा उनले लुम्बिनी प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुबाट संचालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको तथ्यपरक अनुगमन तथा मूल्याङ्कन साथै तथ्यांक र यथार्थ प्रमाणमा आधारित बार्षिक कार्यक्रम/योजना तर्जुमा गर्नका लागि एकिकृत सूचना प्रणालीको स्थापना गर्नुपर्ने आवश्यकता सम्बन्धी पहिलो निर्णय गरेका छन। संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्था गरे बमोजिम स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुन्याउने उद्देश्यका साथ लुम्बिनी प्रदेश मातहतका निकायहरुबाट प्रदान गरिएका सेवाहरुको एकिकृत रुपमा विद्युतीय अभिलेख तथा…
स्वास्थ्यमा काम गर्न खोजे तर समय पाएनन लुम्बिनीका दुई मन्त्रीले
स्वास्थ्यसमाचार/नयाँ बर्षको सुरुवात संगै लुम्बिनी प्रदेशमा भएको सरकारमा पहिलो पटक स्वास्थ्य मन्त्री भएका बिष्णु पन्थी मन्त्री भएको ७२ दिनमा सरकारबाट बाहिरीनु परयो। आर्थिक क्षेत्रमा बढी चासो राख्ने पन्थी स्वास्थ्यको क्षेत्रमा पनि छोटोसमयमा केहि का मगर्न खोजेका थिए तर सरकार अदलीबदलीको कारण उनले ७२ दिनमा ४३ कामको सुरुवाता गरेका थिए । उनले गरेका काम स्वास्थ्यमा राम्रो प्रभाब पार्ने खालका थिए । यस्ता छन् मुख्य उपलब्धी कपिलवस्तु अस्पताललाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नति,प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलन्यास,लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नति,लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमशः…
लोकसेवा आयोग लुम्बिनीमा स्वास्थ्यका १५९ पदमा विज्ञापन खुल्यो
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ । आयोजले आज सूचना जारी गरी स्वास्थ्यका १५९ पदमा विज्ञापन खुलाएको हो । सबैभन्दा बढी कम्युनिटी नर्सिङका लागि अनमी ७९ पदमा विज्ञापन खुलाइएको छ । अहेब ७४ जनाका लागि विज्ञापन गरिएको छ । भने आयुर्वेदतर्फ बैद्य ५ जना र ल्याब असिस्टेन्ट ५ जना माग गरिएको छ । दरखास्त दिने मिति बैखाश २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म तोकिएको छ । यी पदमा लागि आगामी जेठको १८ र १९ गते परीक्षा मिति तोकिएको छ ।
कपिलवस्तुको सिकोटवा वडा नं३मा फैलियो झाडापखाला
स्वास्थ्यसमाचार/कपिलवस्तु नगरपालिका वडा नं३ सिकोटवा गाउँमा झाडापखाला तथा हैजाका बिरामी देखा परेका छन् । चाररपाँच दिनयता सो गाउँका केही परिवारमा झाडापखाला देखिएको थियो बिरामीमध्ये दुईजनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा हैजा रोग देखिएको हो । झाडापखालाका बिरामीहरूको संख्या बढ्न थालेपछि गाउँमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । सो गाउँबाट झाडापखालाका बिरामी अस्पताल आएको र उनीहरूको सघन ढंगबाट उपचार भइरहेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विपिन जयसवालले बताए । अस्पताल आएका कुनै पनि वान्ता तथा झाडा पखालाका बिरामीलाई छुट्टै राखेर विशेष ढंगबाट…
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो ८महिनामा भएका मुख्य कार्यहरु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रालयले दोश्रो चौमासिकको अबधिमा गरेका मुख्य कार्यहरु सार्वजनिक गरेको छ ।स्वास्थ्यमन्त्री राजु खनालले पत्रकार सम्मेलन गरी बितेको ८ महिनामा भएका काम सार्वजनिक गर्नुभएको हो ।मन्त्री खनालले नीतिगत/सेवा प्रवाहमा भएका उपलब्धि, जनशक्ति व्यवस्थापन, बजेट खर्चको अवस्था, सञ्चालनको तयारीमा रहेका कार्यक्रमलगायतको बारेमा जानकारी गराउनु भयो। यो अवधिमा सिकलसेल थाल्सेमिया र हेमोफिलियाका बिरामीका परिवारहरुको लागि निःशुल्क बिमा कार्यक्रमको शुरुवात भएको, प्रदेशमा भएको सिकलसेल एनिमियाको समस्या समाधानको लागि बारबर्दियामा रहेको आरसी मेमोरियल अस्पताललाई प्रदेशस्तरीय सिकलसेल अस्पतालमा स्तरोन्नति अन्तिम चरणमा रहेको र त्यसका लागि आवश्यक बजेटसमेत स्थानीय तहमा हस्तारन्तरण भइसकेको र लमही अस्पतालमा…