गुल्मी जिल्ला अस्पताल देशकै नमुना बन्दै

स्वास्थ्यसमाचार /चाहे परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण हामीले भाषणमा मात्र सुन्ने गदथ्यौ तर गुल्मीमा देख्न पाइएको छ । राजनीति हस्तक्षेपले अस्तब्यस्त गुल्मीको जिल्ला अस्पताल अहिले त्यो भुमरीबाट निस्कन सफल भएको छ ।

उपचार भन्दा पनि उपयोग गर्न पल्केका गुल्मीका राजनितिक दलहरुका नेताहरुलाई अहिले यस्तो पो अस्पताल अनि नेतृव भन्दै जिल्ला देखी केन्द्र सम्म चर्चा उपचर्चा भएको छ।

लामो समय देखी अस्पतालले मेसु पाउन सकेको थिएन पुराना मेसु डा.उत्तम पाच्य पालमा केहि काम भएपनि अस्पतालमा आबश्यक उपकरण आईसियु एनआईसियु लगायका सेवाहरु उनको पालमा सुरु भएका थिएनन् । बिचमा तलब खुवाउने कामको लागी लाई आउने जाने क्रमम बढेपनि अस्पतालले राम्रो नेतृत्वत्व पाउन सकेको थिएन ।

लुम्बिनीको प्रदेशको कपिलबस्तु जिल्ला जस्तो अस्पताललाई नमुना अस्पताल बनाउन सफल मेसु डा. किशोर बन्जाडे रहेका छन जिल्ला अस्पतालमा गुल्मीमा निर्देशक खिलध्वज पन्थी र नेतृत्व डा. बन्जाडेको भएपछि अहिले जिल्ला अस्पतालले मुहार फेर्ने चरमा रहेको छ। गुल्मीका स्थानिय भन्दछन बोल्नेमात्र होईन गरेर देखाई दिए गुल्मीमा अस्पतालको अबस्थालाई खिलध्वज र डा. किशोरले ।

“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान !! भन्ने नारालाई स्थापीत गर्ने उदेश्यका साथ लागेका नगर प्रमुख अहिले स्वास्थ्य शिक्षा लगायका क्षेत्रलाई उल्कृष्ट बनाउने गरि लागेको बताउँछन । उनी भन्छन–‘हामी अरुले भन्दा फरक गरेर देखाउँछौ बोलेर होईन कामले परिवर्तन सम्भव छ भन्ने मान्यता वोकेर आफु कामसुरु गरेका छौं ।’

उनी –‘भन्दछन जिल्लामा रहेको सरकारी अस्पताल हामी जिल्ला बासीको भरोसाको केन्द्र हो बिरामी भएर वाहिर जानुपर्ने अबस्था अन्त्यको लागी हामीले अस्पतालमा नभएका सेवाहरु लाई यहि सुचारु गर्नु पर्छ भन्ने उदेश्यले हामी कामसुरु गरेका छौ’’

सुरुमा हामीले अस्पतालमा चिकित्सकको अभाब थियो नगरले तलब खुवाउने गरि भर्ना गरेका छैन अस्पतालमा डायलासिस सेवा सुरु गरेका छौ उपकरण थिए सञ्चालन भएका थिएनन। हामीले नयाँ “गुल्मी अस्पताल मेरो अस्पताल, गुल्मी अस्पताल हाम्रो अस्पताल “ को हाम्रो मान्यतालाई स्थापित गर्ने मुख्य ध्येयका साथ रेसुङ्गा नगरपालिका गुल्मीको विषेश पहलमा गुल्मी अस्पताल तम्घासमा अब सुविधाजनक व्यवस्थापनका साथ आई. सि. यु. सेवा शिघ्र संचालनको तयारीमा रहेको नगरप्रमुख पन्थीको भनाई छ ।

यस सेवाले गुल्मी लगायत यस जिल्लासँग जोडिएका ग्रामीण क्षेत्रमा रहनु भएका स्वास्थ्य समस्या भएका नागरिकको पक्षमा प्रत्यक्ष सहयोग पुग्नेछ। जिल्लामा क्ष्ऋग् सेवा नहुँदा यस क्षेत्रका बिरामीहरु पाल्पा, बुटवल र काठमाडौँ पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको थियो ।यो सेवा बिस्तार संगै बिरामीहरुलाई ठूलो राहत पुग्ने विश्वास लिएका छौ ’ –पन्थीले भने ।

अस्पतालका मेसु डा किशोर बन्जाडे भन्दछन पहिले र अहिले अस्पतालको अबस्थामा सुधार आएको र बिरामी तथा जिल्लाबासीलाई त्यो महशुस भएको हुनुपर्ने बताउछन।उनले अस्पतालमा सेवा सुधार नयाँ सेवा थप तथा सरसफाई लागका क्षेत्रमा आफुहरुले काम गरेको बताए। हामी का गर्नेहरुको मुल्याकंन अरुले गर्ने डा.बन्जाडेको भनाई छ ।

नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुबेर भन्दछन –“पहिलेको गुल्मी अस्पताल अर अहिलेको अस्पताल तुलना गर्न नसकिने अवस्था छ । उनले डा किशोर बन्जाडेको नेतृत्वले अस्पताल सुध्रिएको छ। नगर प्रमुख शिलध्वको निर्देशन तथा आबश्यक बजेटको कारण सुबिधा सम्पन्न अस्पताल बन्नेमा जिल्लाबासी रहेको बताए ।

सम्बन्धित शिर्षक :