लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थी

स्वास्थ्यसमाचार/ सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा डा जनार्दन पन्थी लाई सरुवा गरेको गरेको छ। सरकारले डा विनोदकुमार गिरीको जिम्मेवारी फेर्दै पन्थीलाई पठाउने निर्णय गरेको हो। डा बिकास देबकोटाको १२ तहमा बढुवा भएपछि खाली रहेको लुम्बिनीको स्वास्थ्य सचिबमा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीलाई सचिबको जिम्मेबारी दिएको थियो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव सहित ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले एकै पटक ४४ जना सहसचिवको पदस्थापन सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले…

लुम्बिनी प्रदेशमा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १२ जिल्लामा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित भएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले राष्ट्रिय खोप कार्यक्रम अन्र्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम उक्त कुरा बताईएको हो। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा कोटहीमाई,मर्चबारी र सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा मुन्सी प्रसाद माझीको अध्यक्षता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्राईको प्रमुख आतिथ्य जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीको संञ्चालन खोप अधिकृत भेषराज शर्माको…

रोहिणी–२ मा स्वास्थ्य चौकी भवन शिलान्यास

स्वास्थ्यसमाचार/रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । रोहिणी–२ स्थित खरबिन्द टोलमा निर्माण हुने स्वास्थ्य चौकी भवनको आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले स्वास्थ्य चौकी भवन निर्माणका लागि रु. १ करोडको संघीय बजेट रहेको र त्यसमा पालिकाले अलिकति योगदानमा गरौं भनेर रु. १ करोड २५ लाखको ईस्टिमेट तयार गरिएको बताए । उनले भने, ‘रु. ८५ लाखमा ठेक्का सम्झौता भएको छि । असार मसान्तसम्म रु. ८५ लाखको काम हुनेछ । डीपीआर तयार गरेका…

स्वास्थ्यमन्त्री को पहिलो निर्णय :स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । बिहीबार पदभार ग्रहणपछि मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । साथै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि गरेका छन् । पदभार ग्रहणसँगै नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको यस्तो छ पहिलो…

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विद्यालय, नर्स’ कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ‘एक मध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ । विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट करारमा नर्स नियुक्ति गरेको हो । गाउँपालिकाले वडा-४ स्थित भैरव नवदिप माध्यमिक विद्यालयबाट गत भदौ महिनादेखी यो कार्यक्रमको सुरुवात गरेको छ । स्टाफ नर्स श्रृष्टि कार्कीलाई नर्स शिक्षकको रुपमा जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ । विद्यालयमा नर्स शिक्षक राखेपछि नियमित पठन-पाठनमा धेरै सुधार आएको विद्यालयका प्रधानाध्यापक झलकबहादुर रायमाझीले बताउनुभयो । ‘पहिले दिनमा ५/७ जना बिरामी भई राख्थे, अभिभावकलाई बोलाएर घर पठाउनुपथ्यो’, उहाँले भन्नुभयो, ‘तर अहिले विद्यालयमै उपचार…

मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र आफै ओपिडी बस्छन गुल्मी अस्पतालमा

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा अस्पताल प्रमुख (मेसु) आफै बहिरसंग बिभाग (ओपिडी)मा बसेर बिरामी जाँच्न थालेका छन् । गत महिना अस्पताल प्रमुखको रुपमा सरुवा भएर आएका डा. राजेन्द्र जिसी ओपिडी बसेर बिरामी जाँच्न थालेका हुन् । पहिला पहिला अस्पताल प्रमुख (मेसु)लाई भेट्न प्रशासनिक कार्यकक्षमा मात्र बस्ने र ओपिडी नबस्ने भएकोले गुल्मीबासीका लागि यो अचम्मको विषय बनेको छ । ‘गुल्मी अस्पतालमा यस अघि मेसु भेट्न प्रशासनतिर खोज्दै जानुपथ्र्यो, अहिले मजाले बसेर बिरामी जाँचेको देख्न पाउँदा खुसी लागेको छ’, नेपाली काँग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डेले भने, ‘प्रशासनिक काम पनि भ्याएर मेसु आफैले बिरामी जाँच गर्नु…

एन्टी रेबिज भ्याक्सिन तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा लगाईने

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा ६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु भएको हो । यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेबिजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिन ब्याग स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि चेतना कम हुँदा समस्या देखिएको बताए । उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए । अन्य क्षेत्रको भन्दा तिलोत्तमाका नगरबासीको औसत आयु बढी रहेको भन्दै खाणले…

७२ दिनमा ४२ काम गरेर बिदा भए लुम्बिनीका स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ बिष्णु पन्थीले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको ७२ दिन भएको छ। यो अवधिमा उनले धेरै काम गरेका छन। उनी आलोचनामा भन्दा काममा बढी सक्रियताका साथ लागेका छन। कपिलबस्तुबाट निबाचित पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बनेको करिब ढाई महिना सम्म मन्त्री बन्ने अबसर पाएका थिए। उनले मन्त्रालय सम्मालेपछि कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरेका छन। त्यस्तै उनले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नती लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी…

गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान भएको छ । शुक्रबार खानेपानीको मिटर धारा जडान गरेसँगै खानेपानीको समस्या समाधान भएको हो । अस्पतालको आफ्नै मुहनाको पानी एमाले पार्टी कार्यालयमा लगेपछि केही वर्षदेखि अस्पतालमा खानेपानीको अभाव भएको थियो । खानेपानी समस्या समाधानका लागि निवर्तमान अध्यक्ष भरत पाण्डेयले प्रकृया शुरु गरेका थिए । आफू आउनेवित्तिकै गरेपनि खानीगाउँ खानेपानी समितिको पान नम्बर नभएकोले जडान गर्न नसकिने तत्कालिन लेखापाल र मेसुले बताएको र पछि खानेपानीको जडान शुल्क चर्को भएका कारण ढिलाई भएको उनको भनाई छ । खानेपानी समितिले पान नम्बर लिएको तर जडान शुल्क ५०…

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

स्वास्थ्यसमाचार/भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन्। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन्।पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका…