स्वास्थ्यसमाचार/ सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो। रिजेनरेटिभ मेडिसिनको सीडी१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा सञ्जीवन गौतमले बताए। गौतमका अनुसार अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो। डा गौतमका अनुसार कार-टी सेल एक विशेष उपचार पद्धति हो जुन रक्त क्यान्सरका बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ।…
अस्पताल
जाडो मौसममा देखिने स्वास्थ्य समस्या र समाधानका उपाय डा.पच्या
स्वास्थ्यसमाचार/काठमाडौँ उपत्यका सहित देशभर निकै चिसो अर्थात जाडो बढिरहेको छ । जाडो महिनामा प्राय स्वासप्रश्वास सम्वन्धी रोगहरु बढी देखिन्छ । तर, यहाँ बुझ्नु पर्ने कुरा यो छ कि चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने हो । जाडोमा स्वासप्रस्वासका समस्या लिएर आउने समूहमा प्रायः जेष्ठ नागरिक र बच्चाहरु पर्ने गर्दछन् । त्यसको एउटा कारण चै उनीहरुको रोग संग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर हुनु हो । यो मौसममा शरीरको घाँटी…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै
स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा पनि प्रभावकारी बन्दै गएको छ ।प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले ओपिडिबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन ।युरोलोजी सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि बिशिष्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा विस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीले सो सेवा दिइरहेको कामु निर्देशक डा कडेलले बताउनुभयो…
आफ्नो मायालुको लागि धूमपान त्याग्न डा ओममूर्ति अनिलको आग्रह
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवन मुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा अनिलले बताए । कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग ग¥यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने…
एक वर्षमा २८ हजार प्रहरीले उपचार गराए लुम्बिनी प्रहरी अस्पतालमा
स्वास्थ्यसमाचार/नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका परिवारका बिरामीलाई उपचार सेवा दिँदै आएको सो अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दै गएको सो अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डाअमिनकुमार श्रेष्ठका अनुसार यो अस्पतालले पश्चिम नेपालका कर्णाली र लुम्बिनी प्रदेशका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र पूर्व प्रहरीलाई लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको छ । उहाँले गत…
डा .रमेश सिंह भण्डारीको नेतृत्वमा नेपाली डाक्टरहरुको मात्र संलग्नतामा टिचिङमा कलेजो प्रत्यारोपण सफल
स्वास्थ्यसमाचार/विदेशी विशेषज्ञको सहयोग विना मुलुक कै विशेषज्ञहरूको प्रयासले नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालको टोलीले आफ्नै क्षमतामा सफलता पूर्वक कलेजो प्रत्यारोपण गरेका हुन । उक्त कलेजो प्रत्यारोपण कर्ता ४१ वर्षीय पुरुष बिहीवार शिक्षण अस्पतालबाट डिसचार्ज समेत भएका छन् । नाताले श्रीमती रहेका ४० वर्षीय महिला दाता भने यस अघि नै १० दिनको अस्पताल बसाइ पछि डिसचार्ज भएका थिए । कलेजो प्रत्यारोपण शल्य चिकित्सक प्रा डा रमेश सिंह भण्डारीको नेतृत्वमा भएको उक्त प्रत्यारोपण २१ दिन अघि अर्थात् गत पुस २७ गते ६० जना नेपाली चिकित्सा…
६२औँ नेपाल नर्सिङ दिवस : नेपालमा नर्सिङको छैन उचित सम्मान
स्वास्थ्यसमाचार/आज ६२औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघ संगठनले मनाउँदै छन्।नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।नर्सिङ पेसालाई स्वास्थ्य सेवाको उत्कृष्ट र परोपकारी पेसाको रुपमा लिने गरिन्छ। जो कोही सामान्य देखि जटिल प्रकारका स्वास्थ्य सेवा लिएर अस्पताल पुग्ने वा भर्ना हुने बिरामीको लागि सबैभन्दा पहिला २४ सै घन्टा स्वास्थ्य सुरक्षा दिने नर्सहरु हुन्। नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ७८ हजार ९सय ४८ नर्स दर्ता छन्। यस्तै…
धुर्कोटमा १५ शय्याको आधारभूत अस्पताल बाट सेवा सुभारम्भ
स्वास्थ्यसमाचार/ धुर्काेट गाउँपालिकामा आधारभूत अस्पतालबाट चिकित्सकीय सेवा सुभारम्भ भएको छ । सेवाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सुभारम्भ गर्नु भएको हो। सुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले संबिधानमा सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुराउने लक्ष्य सहित सरकार अघि बढेको बताउनु भयो। उहाले अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनु भयो । आबश्यक जनशक्तिको लागी प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनु भयो । समय समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्नेमा जोड…
गुल्मी अस्पतालमा नियमित रूपमा हेमो डायलाइसिस सेवा सुरु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्तर्गतका सबै अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरिने बताउनु भएको छ । गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको उद्घाटन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले यस वर्ष ६ वटा अस्पतालमा डायलाइसिस सेवा सुरू गरेको स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको ओ एन एम गरेर थप सेवा बिस्तार गर्ने जानकारी दिनुभयो ।मन्त्री खनालले सम्बिधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा तल्लो तह सम्म पुर्याउन मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भयो । अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने भन्दै मन्त्री खनालले अहिले…
९ महिने बालकमा इस्पाइनल मस्कुलर एट्रोफी, सहयोगका लागि अपील
स्वास्थ्यसमाचार /गएको बैशाखमा रुपन्देहीको तिलोत्तमामा जन्मिएका ९ महिने बालक सृजम विष्ट अहिले ‘स्पाईनल मस्कुलर एट्रोफी’ रोगसंग लडिरहेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ४ नयाँमिलका महेन्द्र विष्ट र सिर्जना भट्टराईको पहिलो सन्तानको रुपमा जन्मिएका सृजमलाई सुरुका दिनमा त्यस्तो कुनै समस्या देखिएको थिएन ।सृजम जति बढ्दैगए उनमा सन्चो नभएको लक्षण देखिन थाल्यो । ‘चार महिनाको हुँदा टाउको ठूलो भएजस्तो, सन्चो नभएजस्तो महसुस भयो ।’ ९ महिने बालककी आमा सिर्जनाले भन्नुभयो–‘चेकजाँचको लागि अस्पताल लगियो, डाक्टरको सिफारिसमा भिडियो एक्स–रे गरेर हेर्दा पानी जमेको देखियो ।’ सिर्जनाका अनुसार बच्चामा केही समस्या छ भन्ने भयो…