“सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा नविकरण गर्न आग्रह

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलले प्रदेश भित्रका “सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा केन्द्र तथा ब्लड बैंकहरु अनुमती तथा नविकरण गर्न अनुरोध गरेको छ ।कार्यालयले बैशाख २१ गते पहिलो पटक सूचना प्रकाशित गरी नविकरण तथा स्थापनाको लागि आग्रह गरेको हो ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली (पाचौं संशोधन सहित) नियमावली २०८० अनुसार प्रदेश भित्रका “सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा केन्द्र तथा ब्लड बैंकहरुको स्थापना, संचालन अनुमती तथा नविकरण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने हुदा इच्छुक स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेश गुप्ताले बताउनु भयो।

प्रदेश भित्र “सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा केन्द्र तथा ब्लड बैंकहरु बिना दर्ता भेटिए कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया समेत अगाडी बढाइने कार्यालय प्रमुख गुप्ताको भनाई छ ।

 

सम्बन्धित शिर्षक :