स्वास्थ्यसमाचार /गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको छ । लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरीमै नवौं अस्पताल हो । विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । कार्यक्रमका अवसरमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम कार्यान्वयन अन्तरगत अनुगमन, मुल्यांकन तथा समीक्षा र नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान समेत सुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रदेश सरकार…
अस्पताल
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्रीको चाँसो
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजना स्थलमा पुगेका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिएका हुन् । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ अघि बढाएको यस आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएकाे हाे ।‘विशेषगरी, यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले जुन लक्ष्य र उद्देश्य बोकेर यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ’मुख्यमन्त्री आचार्यले भने,‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् भन्नका लागि सरकारले विशेष ध्यान दिएको…
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा बर्दिया अस्पताल ९७ अंकसहित उत्कृष्ट
स्वास्थ्यसमाचार/ न्युनतम जनशक्तिको उपस्थितीमा न्युनतम सेवा मापदण्ड कार्यान्वयमा बर्दिया अस्पताल सुधार उन्मुख देखिएको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वय कार्यक्रम अन्तर्गत गरिएको मूल्यांकनमा अस्पताल सुधार उन्मुख देखिएको हो । विगत तीन वर्षको मूल्यांकनमा अस्पतालको क्रमशः अंक बढेको देखिन्छ । न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पतालले यस वर्ष ९७ प्रतिशत अंक प्राप्त गरेको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा भेरी अस्पताल नर्सिङ प्रमुख तथा न्युनतम सेवा मापदण्ड प्रमुख स्रोत व्यक्ति दुर्गा लक्ष्मी श्रेष्ठले बर्दिया अस्पतालले ९७ प्रतिशत अंक प्राप्त गरेको घोषणा गरिन् । तोकिएको सूचकमा…
लुम्बिनी प्रादेशिक अस्पतालमा ६३ वर्षीय बिरामीमा सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ६३ वर्षीय पुरुषको सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण गरिएको छ। डा. रोशन घिमिरेका अनुसार, यो प्रक्रिया बुटवलमा पहिलो पटक नभए पनि सबैभन्दा जटिल थियो। पेसमेकरले राम्रोसँग काम गरिरहेको र बिरामीको अवस्था सामान्य रहेको वताउनु भयो । डा. घिमिरेले यस सफलतामा आफ्नो योगदानका लागि आदरणीय गुरुहरू लाई सम्झनुभएको छ। साथै, सहयोगका लागि अस्पतालका मेसु डा. इन्द्र ढकाल, क्याथल्याबका सहयोगी हातहरू, शल्यक्रियामा सहभागी डाक्टरहरू र सहयोगी हातहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले यसअघि पनि मुटु सम्बन्धी उपचारमा महत्वपूर्ण प्रगति गर्दै आएको छ। अस्पतालमा मुटुको उपचारका…
बुटवल १३ र १७ मा निर्माणाधीन नगर अस्पताल, छिट्टै सञ्चालन हुने
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने भएका छन । नगर प्रमुख खेलराज पाण्डेयले वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने वताउनु भयो । यस्तै, उहाले आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको समेत बताउनु भएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुखले बीटीआइमा ४० जना छात्रालाई निशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बा…
पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुँदै
स्वास्थ्यसमाचार /पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको पहलमा विनियोजित बजेटबाट अस्पतालमा अप्रेसन लगायतका थप सेवा दिन भवन निर्माण हुने भएको हो । मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट अस्पतालले भवन निर्माणका लागि ठेक्का खुलाएको छ । अस्पतालले ६९ लाख ६७ हजार १ सय ४५ रुपैंया ६६ पैसा स्टिमेटको ठेक्का खुलाएको छ । पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार…
दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द
स्वास्थ्यसमाचार/दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिले अभाव र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट एक वर्ष अघिदेखि प्रयोगविहीन भएको हो । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ ।२०७८भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै…
पेडियाट्रिक क्रिटिकल केयर सम्बन्धि चार दिने तालिम बुटवलमा सुरु
स्वास्थ्यसमाचार/ संवेदनशिल अबस्थमा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा पेडियाट्रिक क्रिटिकल केयर तालिम सुरु भएको छ। चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा सघाउने उदेश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको हो।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको प्राबिधिक सहयोग र एफएचआई ३६० इपिक नेपालको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ। स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुवन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका प्रमुख डा. राजेन्द्र गिरीको प्रमुख आतिथ्य तथा स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, लुम्बिनी प्रादेशिक अस्पतालका वाल रोग…
नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सको सीईओमा डा. कनौडिया
स्वास्थ्यसमाचार/नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डा नितेशकुमार कनौडिया नियुक्त भएका छन् । सन् २०१४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका डा। कनौडियाले सोही कलेजको सहायक निर्देशक भएर समेत काम गरिसकेका छन् । नेपाली युवा उद्यमी फोरम नेपालगञ्जका संस्थापक अध्यक्ष समेत रहेका डा कनौडियाले २०७२ सालको भूकम्पपछिको राहत कार्यक्रममा सक्रियतापूर्वक लागेका थिए । कोभिड महामारीमा ‘फिल द बकेट’ अभियान सञ्चालन गरेर नेपाल(भारत सीमामा स्वास्थ्य सेवा सञ्चालन गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । उनी देशका विभिन्न दुर्गम पहाडी जिल्लामा स्वास्थ्य शिविर लिएर…
लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’ स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री सारुले यस्तो बताउनु भएको हो ।उहाले प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मुल्याङ्कन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर सेवामा लाग्न आग्रह गर्नु भयोे । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभई सिङ्गो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’को रुपमा रहेको उल्लेख गर्नु भयोे । अस्पतालमा आउने जुनसुकै वर्ग वा समुदायका सेवाग्राहीले अपनत्व महशुस गर्ने…