सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी कर्मचारी

स्वास्थ्यसमाचार/दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ।अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ। सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ। अस्पतालका लागि चार सय नर्ससहित विभिन्न पदमा ८२१ जना जनशक्तिको माग गरिएको छ। सबैभन्दा धेरै नर्सकै माग गरिएको अस्पतालले निकालेको सूचनामा उल्लेख छ। अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन…

अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं: मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । ‘उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा…

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटर बाट सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिस्तारीत अस्पताल सेवा अन्तरगत प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजागरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो । अस्पतालमा प्रसुतीले सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले प्रदेशमा मातृ–मृत्यु दरलाई घटाउनका लागि बिस्तारीत अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिए । प्रसुती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया सेवाको व्यवस्थाका लागि स्वास्थय मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गरे । अस्पतालमा सेवा बिस्तारका लागि ५० लाख…

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित प्रशासन लेखामा तालाबन्दी

नेपालगन्ज,/तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएिको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताउनुभयो । उहाँले आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबिच पटकपटक वार्ता भए पनि निष्कर्ष ननिस्कदा आन्दोलनलाई निरन्तरता दिनुपरेको बताउनुभयो । करिब ६ महिनाअघि नै आफूहरुले मागहरू अस्पताल व्यवस्थापनलाई बुझाएको र सो सम्बन्धमा पटकपटक अस्पताल व्यवस्थापन ताकेता गर्दा पनि बेवास्ता गरिएकोले थप आन्दोलनका कार्यक्रम घोषणा…

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गर्नुभयो । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्सट्विटर, मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी गराउनुभयो । आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा…

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर: शल्यक्रिया क्षमता दर ३३ प्रतिशतले वृद्धि

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारीत अस्पताल सेवा अन्तरगत प्रसूति सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले वताए। सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतिका लागि छुट्टै थिएटर बनेपछि…

स्वास्थ्य क्षेत्र सुधार गर्न ५५ बुँदा लिएर अगाडि बढेको छु :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको वताउनु भयो ।उहाले स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५५ बुँदा लिएर अगाडि बढेको वताउनु भएको छ । भीम अस्पताल भैरहवा, रुपन्देहीमा आयोजना गरेको अस्पतालबाट प्रवाह हुने सेवा तथा गुणस्तरकोबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो वताउनु भएको हो । उहाले भीम अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढ्नु सकारात्मक पक्ष भएको वताउनु भयो । ‘अस्पतालको स्तरोन्नतिमा लाग्नुपर्छ । यो अस्पतालमा बिरामीको चाप बढेको छ । सरसफाईमा ध्यान दिइएको छ उहाले भन्नु भयो, यो कायम राख्नुहोला । नेतृत्व र व्यवस्थापन महत्वपूर्ण…

तोकिए भन्दा बढी शुल्क लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना…

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह

स्वास्थ्यसमाचार/नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताउनु भएको छ । उहाँले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेट्न आवश्यक भएको धारणा राख्नु भयो । बुटवल हस्पिटल प्रा.लिको स्थलगत अवलोकन गर्दै पुर्व मन्त्री पुनले बिमा का नाममा सरकारी अस्पतालहरूबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएको बताउनु भयो । उहाँले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिनु भयो । उहाँले बुटवलमा बिरामी आएपछि भारतीय…

बुटवलमा बल्ल बन्यो गर्व गर्न लायक हस्पिटल–पुर्व स्वास्थ्यमन्त्री श्रेष्ठ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका लुम्बिनी प्रदेशका उपाध्यक्ष माननीय भोज प्रसाद श्रेष्ठले बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अनुगमन गर्नु भएको छ । बुटवल बाटै प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठले बुटवलमा पहिलो पटक भौतिक संरचनाका हिसाबले उत्कृष्ट अस्पताल निमार्ण भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले यस क्षेत्रका विरामीहरु विभिन्न कारणले उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने वाध्यताको अन्त्यका लागि बुटवल हस्पिटल प्रा.लि.ले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले स्वास्थ्यका क्षेत्रमा बुटवलले अझै धेरै गर्न वाँकी रहेको भन्दै अव पुर्वाधार र उपकरणका हिसाबले बुटवल प्रा लि जस्तै नीति र…