स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो ८महिनामा भएका मुख्य कार्यहरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रालयले दोश्रो चौमासिकको अबधिमा गरेका मुख्य कार्यहरु सार्वजनिक गरेको छ ।स्वास्थ्यमन्त्री राजु खनालले पत्रकार सम्मेलन गरी बितेको ८ महिनामा भएका काम सार्वजनिक गर्नुभएको हो ।मन्त्री खनालले नीतिगत/सेवा प्रवाहमा भएका उपलब्धि, जनशक्ति व्यवस्थापन, बजेट खर्चको अवस्था, सञ्चालनको तयारीमा रहेका कार्यक्रमलगायतको बारेमा जानकारी गराउनु भयो। यो अवधिमा सिकलसेल थाल्सेमिया र हेमोफिलियाका बिरामीका परिवारहरुको लागि निःशुल्क बिमा कार्यक्रमको शुरुवात भएको, प्रदेशमा भएको सिकलसेल एनिमियाको समस्या समाधानको लागि बारबर्दियामा रहेको आरसी मेमोरियल अस्पताललाई प्रदेशस्तरीय सिकलसेल अस्पतालमा स्तरोन्नति अन्तिम चरणमा रहेको र त्यसका लागि आवश्यक बजेटसमेत स्थानीय तहमा हस्तारन्तरण भइसकेको र लमही अस्पतालमा…

लुम्बिनी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा दैनिक प्रयोगशाला परिक्षण सेवा सुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बुटवल १२ तामनगरमा अब सबैले रगत परिक्षण गर्न पाउने भएका छन । उक्त सेवाको लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनालले सेवाको शुभारम्भ गर्नु भएको हो। प्रयोगशालाबाट प्रदेश भित्रका प्रयोगशालाहरूको टि.बि., मलेरिया, एचआईभी साथै अन्य परिक्षण हरुको गुणस्तर नियन्त्रण, प्रयोगशाला सुदृढिकरण, प्रयोगशालाकर्मीहरुको क्षमता अभिवृद्धिका साथै स्थलगत अनुशिक्षण कार्यक्रमहरु संचालन गदै आएको थियो अब देखी सर्वसाधारणको लागी रगत परिक्षण सेवा दिन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक राजेश कुमार गुप्ताले वताउनु भयो। उहाले अब केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने धेरै परिक्षण यहाँ हुने वताउनु भयो । लुम्बिनी प्रदेश सरकार मन्त्री…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निःसन्तान उपचार सेवा सुरु

स्वास्थ्यसमाचार/  प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निःसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई (इन्ट्रा युटेरिन इन्सिमिनेसन) सेवा बिहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दति पहिलो भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीले वताउनु भयो।रुपन्देहीको सैनामैना निबासी ३१ वर्षीया महिलामा आइयुआई प्रविधि प्रयोग गरि सेवा शुभारम्भ गरिएको हो । विगत १ महिनादेखि उपचार गराइरहेकी ती महिलाको औषधी सेवन तथा उपचार पद्दतिबाट सन्तान प्राप्ति नहुने भएपछि आइयुआई पद्दति प्रयोग गरिएको हो ।अस्पतालमा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बबिता थापाको नेतृत्वमा नयाँ…

बुटबल हस्पिटलले माग्यो चिकित्सक, नर्ससहित ठूलो संख्यामा कर्मचारी

स्वास्थ्यसमाचार/ बुटबल हस्पिटल प्रालिले आफनो सेवा बिस्तारका लागी ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालको नयाँ भबनमा सेवा बिस्तारका लागी थप स्वास्थ्यकर्मीहरु माग गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले आज सूचना प्रकाशन गरी करारमा नियुत्तिका कर्मचारी माग गरेको हो। मेडिकल अधिकृत देखी स्टाफ नर्स अहेब र अनमी , रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट ईन्जिनियर प्रशासन कर्मचारी गरी ठुलो संख्यामा कर्मचारीका लागी आवेदन खुल्ला गरिएको अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले बताउन भयो। बुटबलको अस्पताल लाईनमा अहिले सञ्चालन रहेको अस्पताल अब सुबिधा सम्पन्न भबनमा सेवा बिस्तार…

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउनको लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

नेपालको जम्मा भार मध्ये २१ प्रतिशत क्षयरोगीको भार लुम्बिनी प्रदेशमा

स्वास्थ्यसमाचार/नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भए पनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार त कहिले स्टव टीबी रणनीति बनाएर गर्‍यो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालका अनुसार क्षयरोगको निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठूलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनु भयो । एचएमआइएस/डिएचआइएसको विगत तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गरी हेर्दा आर्थिक वर्ष…

लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु

स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पतालले स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरेसँगै एक महिलाको अपरेशन समेत गरिएको छ । रुपन्देहीकी ६५ वर्षिय एक महिलाको बायाँतर्फको स्तन क्यान्सरको सफल रुपमा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । वरिष्ठ स्तन क्यान्सर रोग बिशेषज्ञ (सर्जन) डा.सन्जय पाण्डे, एनएसथेसियोलोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. समिर आर्चायले लगाएतको डाक्टरहरुको टीमले शल्यक्रिया गरेको सर्जरी विभाग प्रमुख डा.भुवन पौडेलले जानकारी दिए। डा.पाण्डे विगत लामो समयदेखि स्तन क्यान्सर रोग विशेषज्ञको रुपमा काम गर्दै आएका छन् । उनले पैसाको अभावमा औषधी उपचारमा…

न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशको तेस्रो बन्यो गुल्मी अस्पताल

स्वास्थ्यसमाचार/न्यूनतम सेवा मापदण्ड मुल्याकंनमा गुल्मी अस्पताल यस पटक पनि लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय भालुबाङ दाङबाट आएको टोलीबाट गरिएको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा तेस्रो भएको जानकारी टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले दिनु भयो । न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको उहाँले बताउनुभयो ।मङ्गलबार गुल्मीको तम्घासमा आयोजना गरिएको न्यूनतम सेवा मापदण्डको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै श्रेष्ठले अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शिता तथा…

सत्तारुढ गठबन्धनको साझा संकल्प : आधारभूत स्वास्थ्य सेवा सबै पालिकामा पुर्‍याउने

स्वास्थ्यसमाचार/सत्तारुढ गठबन्धनका पाँच राजनीतिक दलहरुले नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् ।मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा  एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्पका सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउनदेखि खाद्य तथा औषधि नियमन प्राधिकरण बनाउने उल्लेख छ । जसमा सबै जनता निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने, स्वास्थ्य बिमा कार्यक्रममार्फत स्वास्थ्योपचार सहज बनाउने उल्लेख छ । यस्तै, सरकारी सामुदायिक, निजी क्षेत्रबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय…

सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध

स्वास्थ्यसमाचार/उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन्। उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन्। उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेश र काठमाडौं उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख…