भालुबाङमा “जन्म दर्ता व्यवस्थापन प्रणाली” सम्बन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा “जन्म दर्ता व्यवस्थापन प्रणाली (Birth Registration Management System)” सम्बन्धी दुईदिने तालिम  सुरु भएको छ।

तालिमको स्वास्थ्य निर्देशक रोशनलाल चौधरी  अध्यक्षता  तथा स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा तथा स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठ को बिशिष्ठ आतिथ्यमा भएको तालिममा  बोल्दै स्वास्थ्य मन्त्री खेम बहादुर सारुले जन्म दर्ता प्रणालीलाई डिजिटल र प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

उनले भने, “जन्म दर्ता समयमै र सही ढंगले हुन सके मात्रै नागरिकको अधिकार सुनिश्चित हुन्छ। यसलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो।” तालिमको मुख्य उद्देश्य अस्पताल तथा उच्च प्रसूति चाप रहेका स्वास्थ्य संस्थाहरूमा जन्मिएका शिशुहरूको समयमै तथा गुणस्तरीय विद्युतीय जन्म सूचना दर्ता गर्ने रहेको आयोजकले जनाएको छ।

साथै व्यक्तिगत घटना दर्ता प्रणाली (VERSP-MIS) लाई विद्युतीय माध्यममार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।त्यसैगरी स्वास्थ्य संस्थाबाट जारी गरिने जन्म प्रमाणपत्रमा एकरूपता ल्याउने, जन्म दर्ता प्रक्रियालाई थप व्यवस्थित, विश्वसनीय र प्रविधिमैत्री बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :