स्वास्थ्यसमाचार/ एडभान्स इन्टरनेसनल हस्पिटलका डाइरेक्टर तथा युवा उद्यमी ई.सुरज उप्रेती नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभाबाट एसोसिएट सदस्यतर्फ निर्वाचित भएका छन्। उनको निर्वाचितसँगै स्वास्थ्य तथा निजी व्यवसायिक क्षेत्रमा सक्रिय युवा नेतृत्वलाई नयाँ ऊर्जा मिलेको बताइएको छ।
हस्पिटलका सञ्चालनकर्ता कमल भण्डारीले ई.उप्रेतीको विजयलाई स्वागत गर्दै यसले उद्योग क्षेत्र तथा अस्पताल सञ्चालनसँग सम्बन्धित व्यवसायहरूलाई समेत राहत र सहजता प्रदान गर्ने बताएका छन्। उनका अनुसार युवा नेतृत्वको सहभागिताले निजी क्षेत्रको नीति निर्माण र व्यवसायिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
उद्योग वाणिज्य महासङ्घमा स्वास्थ्य क्षेत्रका उद्यमीहरूको उपस्थिति बढ्दै जाँदा निजी क्षेत्रको विकास र स्वास्थ्य सेवाबीचको समन्वय अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
यस्तै, सिदार्थ सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले पनि अस्पतालसँगै निजी क्षेत्रबाट प्रतिनिधित्व भएकोमा ई.उप्रेतीलाई शुभकामना व्यक्त गरेका छन्। उप्रेती विभिन्न क्षेत्र, उद्योगदेखि अस्पतालसम्म लगानी गर्दै आएका व्यवसायी हुन्।

प्रतिकया दिनुहोस्