सैनामैनाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवक पक्राउ

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैनाबाट विहिबार प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । सैनामैना नगरपालिका वडा नं. ११ बनकट्टी स्थित इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित घोराही उप-महानगरपालिका वडा नं.१४ बस्ने २८ वर्षीय रबिन बुढा पक्राउ परेका हुन् ।

बुटवल देखि दाङ तर्फ जादै गरेको लु १ ज ४९३६ नं.को ईभी गाडीमा सवार व्यक्तिलाई शंका लागि खानतलासी गर्दा उनले पछाडि भिरेको कालो झोला भित्र लुकाई छिपाई राखेको लागु औषध फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनको साथबाट सेराज्याक २ एमएलको ९० एप्पुल, फेनेरागन ९० एप्पुल, आईपीपीएल इन्जेक्सन ९० एप्पुल र डाइजापाम ९० एप्पुल बरामद गरिएको हो । उनको साथबाट आईफोन-१२ मोबाईल समेत बरामद गरिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ती युवालाई जिल्ला अदालतबाट ५ दिन म्याद थप भई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :