स्वास्थ्यसमाचार / सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शैयाको प्राथमिक अस्पताल बनाउने लक्ष्य लिएको छ । लक्ष्यअनुरूप ७० वटा प्राथमिक अस्पतालको भौगोलिक अवस्थाको अध्ययन पूरा गरी टेन्डर प्रक्रिया अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले २ सय ५१ प्राथमिक स्वास्थ्यकेन्द्र वा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी प्राथमिक अस्पतालमा विकास गर्ने निर्णय गरेको थियो । यसअन्तर्गत स्थानीय सरकारको सिफारिसमा पालिकामातहतको कुनै एक स्वास्थ्यसंस्थालाई अस्पतालमा स्तरोन्नति नीति सरकारको छ । ‘५ वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको प्राथमिक अस्पताल स्थापना कार्य सम्पन्न हुनेछ,’ मन्त्रालयको नीति–योजना…
समाचार
पाँचौ योग दिबसको पुर्ब सन्ध्यामा मायादेवि गाउँपालिकामा अन्तरक्रिर्या
स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबि गाउँपालिकामा पाँचौ योग दिबसको सन्र्दभमा योग,यसले मानब स्वास्थ्यमा पर्ने प्रभाब र योगको महत्वका बिषयमा अन्तरक्रिर्या कार्यक्रम भएको छ । सामाजिक बिकास बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले बोल्दै सर्ने रोग भन्दा नसर्ने रोगको महामारी बढदै भएको ले मानिसको दैनीक जिबनमा योग अति आबश्यक रहेको बताए ।उनले नसर्ने रोगको लागी योग अत्यन्तै उपयोगी हुने बताए । गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमम गाउँपालिका आयुर्वेद शाखा प्रमुख कबिराज निरीक्षक धुर्ब भन्डारीले कार्यपत्र प्रस्तुत गर्दे योगको ऐतिहासिक महत्व दैनीक योगअभ्यासबाट मानब स्वास्थ्यमा पर्ने प्रभाब र…
तिलोत्तमाको सेमराबजार स्वास्थ्य चौकीमा चिकित्सक सहितको सेवा सुरु
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो । सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन् । १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु…
लुम्बिनी प्रादेशीक अस्पतालमा नर्सिङ प्रमुखको जिम्मेबारी पौडेललाई
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबलको नर्सिङ प्रमुखको जिम्मेबारी नर्सिङ अधिकृत ज्योति पौडेललाई दिईएको छ। नर्सिङ प्रमुख दुर्गा पौडेलले स्वेच्छिक राजीनामा दिएपछि पौडेललाई नर्सिङ प्रमुखको जिम्मेबारी दिएको हो। माघ १ गते देखी लागुहुने गरि पौडेललाई जिम्मेबारी तोकिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । प्रादेशीक अस्पतालमा नबौ तहको नर्सिङ प्रशासक ईन्चार्ज हुने ब्यबस्था भएपनि केहि बर्ष देखी ईन्चाज खाली रहेको छ । ज्योती पौडेल लुम्बिनी प्रादेशीक अस्पतालमा नर्सिङ अधिकृतको रुपमा कार्यरत रहेकी छन ।
नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु
स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ। महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम…
क्रिमसन अस्पताल र लायन्स क्लवको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर
स्वास्थ्यसमाचार /तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पताल र लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा तिलोत्तमा–१६, बेहुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पतालको प्राविधिक सहयोगमा क्लवले आयोजना गरेको शिविरमा स्थानीय एक सय १५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।सुगर रोगलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सहभागी सबैको निःशुल्क सुगर परीक्षण गरिएको थियो । त्यसक्रममा ४४ जनालाई सुगर रोग देखिएकोमा निःशुल्क औषधि समेत प्रदान गरिएको छ । नेपालमा सुगर रोगका बिरामी बढ्दै गैरहेको सन्दर्भमा रोगको बारेमा जनचेतना अभिवृद्धि गराई सुगर प्रभावितहरुको उपचारलाई सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको गरिएको…
कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु
स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजना तथा एसएस बिएच र आम्दा नेपालको सहकार्यमा बुटबलमा ८ दिने कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु भएको छ । तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५का निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले परिबार नियोजन तथा परामर्स कार्यक्रम लाई गाउँ गाउँमा पुराउन आबश्यक रहेको बताए। चेतनाको कमिको कारण परिबार नियोजनका साधान प्रयोग गर्ने समन्धमा महिला र पुरुषमा अहिले पनि बिभेद रहेको बताए । श्रेष्ठले केन्द्रिय तथ्याक अनुासार प्रदेश ५पछि रहेपनि यि र यस्तै तालिमको माध्यमबाट…
तिलोत्तमा नगरपालिकामा यस वर्ष ५ वटा सरकारी स्वास्थ्य संस्था निमार्ण हुने
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्यसहितको ३० महिने मध्यावधि समीक्षा गरेको छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी संञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्षमा ५ वटा निमार्णका चरणमा रहेको नगरप्रमुख बासुदेव घिमिरेले बताए । हामी स्वस्थ्य नगरबासी स्वच्छ नगरको नारा सहित काम गरिहेका छौं, प्रमुख घिमिरेले भने, ‘सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवाको पहँुचलाई स्थापित गर्ने गरी काम भैरहेको छ । नगरपालिकामा हाल ३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा वर्थिङ सेन्टर सञ्ंचालनमा छन् । प्रत्येक वडामा एउटा स्वास्थ्य…
अस्पताममै रहेकी ठगिसरा मन्त्रीको पहलमा घर फर्किईन
स्वास्थ्यसमाचार/ आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै)को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो । मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो । ८४ दिन अस्पतालमा भर्ना हुदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय…
गुणस्तरीय सेवा दिन प्रदेशमा छिट्टै प्रयोगशाला स्थापना: मन्त्री बराल
स्वास्थ्यसमाचार/ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौद्धारा बुटवलमा स्तरीय अत्याधुनिक प्रयोगशाला निर्माण सम्वन्धमा कार्यशाला गोष्ठी गरिएको छ। प्रदेश नं ५ मा बन्ने अत्याधुनिक प्रयोगशाला निर्माणको लागी स्थान छनोट जग्गा र आवश्यक उपकरण जनशक्ती व्यवस्थापन गर्ने उदेश्यले गोष्ठी गरिएको हो । गोष्ठीमा बोल्दै प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश स्तरीय प्रयोगशाला निर्माणको लागि जग्गाको खोजी भईरहेको बताउदै छिट्टै प्रयोगशाला स्थापना गरिने बताए । निजी ल्यावले फरक फरक रिपोट दिने बिरामीलाई तनाब दिने भएकोले गुणस्तरीय सेवा दिनको लागी प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला आवश्यक भएको बताए । मन्त्री बरालले प्रदेश भित्र रहेका…