लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ५ कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार / बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ५ संक्रमितको मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालका अनुसार मृत्यु हुनेमा रुपन्देहीका २, गुल्मीका २ र प्यूठानका १ जना छन् ।

मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमा ५ की ३२ वर्षिय महिलाको आइतबार बिहान ३।१० बजे र बुटवल ७ का ४४ वर्षिय पुरूषको शनिवार साँझ सवा ६ बजे मृत्यु भएको हो ।त्यसै गुल्मी इस्मा गाउँपालिकाका ७१ वर्षिय पुरुषको आइतबार बिहान २:१० बजे र गुल्मीकै चन्द्रकोटका ५६ वर्षिय पुरुषको शनिवार राति साँढे ११ बजे मृत्यु भएको डा. राजेन्द्र खनालले जानकारी दिए । प्युठानको सरुमारानी गाउँपालिकाका ६३ वर्षिया महिलाको शनिवार दिउँसो साँढे १ बजे मृत्यु भएको छ ।

बन्दाबन्दी खुलेसँगै संक्रमण फेरि बढ्न थालेको छ । रूपन्देहीमा पनि संक्रमण बढ्दो छ । संक्रमण बढेसँगै कोरोना अस्तपालका बेडहरू विरामीले फेरि भरिन थालेका छन् ।कोरोनाको पहिलो र दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित जिल्ला रूपन्देही हो । रूपन्देहीमा हालसम्म ५०६ जनाको मृत्यु भएको छ । रूपन्देहीमा शनिबार ५१ नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा हालसम्म २८ हजार ९७३ पोजेटिभ देखिएका छन् । अहिलेसम्म अहिलेसम्म पिसिआर जाँच १ लाख १२ हजार ९४२ जनाको भएको छ । भने, आरडिटी १० हजार ३९६ जनाको गरिएको छ । जिल्लामा सक्रिय संक्रमित ३५९ जना रहेका छन् ।

सम्बन्धित शिर्षक :